काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले लागू औषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जाजरकोटको त्रिवेणी नगरपालिका-१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-४ बस्ने २२ वर्षीय दिलिप विश्वकर्मा र दोलखाको भिमेश्वर नगरपालिका–६ घर भई तारकेश्वर नै बस्ने १८ वर्षीया प्रमिला राउत छन्।
उनीहरुलाई महाशाखाको टोलीले शेषमतिबाट पक्राउ गरेको हो। अफिमको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कालो झोलमा अफिम बोकर हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो। उनीहरुको साथबाट ५ किलो ५ सय ग्राम अफिम बरामद भएको छ।
उनीहरुले उक्त सामान गाउँबाट १ लाख ५० हजार रुपैयाँ किलोका दरले काठमाडौं ल्याएर बेच्ने गरको अनुसन्धानबाट खुलेको छ। १ लाख ५० हजारका दरले ल्याएको उक्त अफिम उनीहरुले ७ लाख रुपैयाँ किलोका दरले बेच्ने गरेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।