काठमाडाैं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये सोमबार थप एक जनाको शव फेला परेको छ।
एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। ७२ वर्षिया वाङ्ची ल्हामो दोङको शव फेला परेको काफ्लेले जानकारी दिए।
यससँगै पहिरोमा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ। ६ जना अझै बेपत्ता छन्। हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १७ महिला छन्। तीमध्ये १५ बालबालिका छन्। बेपत्ताको खोजी अझै जारी रहेको छ।
बिहानकाे समयमा पहिरो आउँदा लामा गाउँ पुरिएको थियो। केही स्थानीयहरु भाग्न सफल भएर ज्यान बचाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।