काठमाडौं-सरकारले कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने ३ लाख भिटिएम खरिदका लागि टेन्डर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले भिटिएम खरिदका लागि ७ दिने समय दिँदै सूचना प्रकाशन गरेको हाे।
विभागले ३ लाख भिटिएम (२ स्वाबसहितका) खरिदका लागि १३ लाख धरौटी रकम राख्दै प्रस्ताव पेस गर्न भनेको छ।
विभागले इच्छुक फर्महरुलाई भदौ १५ गते १२ बजेसम्म प्रस्ताव पेस गर्न भनेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।