• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आर्थिक सहायताका नाममा गृहले मनमौजी बाँड्यो चार वर्षमा झण्डै एक अर्ब

७ लाख पाउनेलाई दिइयो ३० लाख
64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०७७  १२:१६
1140x725

काठमाडाैं-आर्थिक सहायताका नाममा मनमौजी रकम बाँड्ने प्रचलन बढ्दै गएको पाइएको छ । विभिन्न शीर्षक-उपशीर्षकको नाममा वर्सेनि ठूलो रकम मनलाग्दी बाडिँदै आएको छ। 

आफू निकटका व्यक्ति र शक्ति केन्द्रलाई रिझाउनदेखि पार्टीका कार्यकर्तासम्मले यसरी आर्थिक लाभ लिँदै आएको पाइएको छ। यसरी  मापदण्डविपरीत विभिन्न शीर्षकमा आर्थिक सहायताका नाममा गृह मन्त्रालयले वर्षमा झण्डै चार अर्ब रकम बाँडेको देखिएको छ।

आर्थिक वर्ष २०७५/७६ मा  गृहमन्त्रालयले १ सय ७४ जनालाई प्रतिव्यक्ति ५० हजारदेखि ३० लाख रुपैयाँसम्मका दरले ९ करोड ८० लाख ८८ हजार रुपैयाँ बाँडेको छ । विभिन्न घटनामा उपचारवापत ३३ लाख ७ हजार, संस्थागत अनुदानका नाममा २ करोड ९१ लाख गरी कुल १३ करोड ४ लाख ९५ हजार वितरण गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा १६ करोड ४० लाख ३५ हजार, २०७३/७४ मा २९ करोड ६ लाख ८ हजार, २०७४/७५ मा ३१ करोड ८० लाख २७ हजार बाँडेको देखिएको छ । 

यसरी चार वर्षमा गृहमन्त्रालयले मनमौजी रुपमा कुल ९० करोड ३१ लाख ६५ हजार आर्थिक सहयता बाँडेको छ। आर्थिक सहायताका लागि  नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बधी कार्यविधि २०६८ मा प्रष्ट उल्लेख गरिएको छ। तर उक्त कार्यविधिविपरीत मन्त्रालयले मनलाग्दी रकम बाँडेको महालेखाले जनाएको छ।

ऐनको दफा १२ मा राष्ट्रिय जीवनमा महत्वपूर्ण व्यक्तिहरुलाई औषधोपचारका तथा आर्थिक सहायता उपलब्ध गराउन सकिने उल्लेख गरिएको छ। जसमा पूर्वराष्ट्रपतिदेखि पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीशका लागि बढीमा १५ लाख रुपैयाँसम्म औषधोपचारका लागि दिन सकिने व्यवस्था उल्लेख छ। त्यैसैगरी पूर्व उपसभामुख, उपप्रधानमन्त्री, पूर्वमन्त्री, राज्यमन्त्री, पूर्व सहायकमन्त्री, पूर्वसांसद, पूर्व संवैधानिक निकायका पदाधिकारीहरुका लागि बढीमा १० लाख रुपैयाँमात्रै औषधोपचारका लागि दिन सकिने व्यवस्था छ ।

त्यस्तै शिक्षा, कला, साहित्य, राजनीति, संगीत, सार्वजनिक प्रशासन, कानुन वा न्याय, सुरक्षा, सञ्चार, खेलकुदलगायत सामाजिक र राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्‍याएका व्यक्तिका लागि बढीमा ७ लाख रुपैयाँसम्म उपचार खर्च दिन सकिने कार्यविधिमा उल्लेख छ।

तर गृहमन्त्रालयले कार्यविधिविपरीत एकै व्यक्तिलाई ३० लाख रुपैयाँसम्म उपचार खर्च शीर्षकमा मनलाग्दी बाँडेको पाइएको छ। कार्यविधिअनुसार बढीमा एक व्यक्तिले १५ लाख रुपैयाँभन्दा बढी उपचार खर्च पाउँदैनन्। त्यसका लागि पनि पूर्वराष्ट्रपति पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री वा पूर्व प्रधानन्याायधीशमध्ये हुनुपर्ने हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर मन्त्रालयले आफूखुसी बढीमा ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने व्यक्तिलाई ३० लाख रुपैयाँसम्म बाँडेको खुलेको छ। यसरी मनमौजी रुपमा बाँडिएको आर्थिक सहायता पारदर्शीसमेत नभएको महालेखाले औल्याएको छ।

यसरी सहायता रोगको खुलेको चिकित्सकको प्रेस्क्रिप्सन, नागरिकताको प्रतिलिपि, विदेशमा उपचार गराउनु पर्ने भएमा नेपाल मेडिकल बाेर्डबाट बिरामीको उपचार स्वेदशमा सम्भव नहुनाको कारणसहितको सिफारिसपत्र पेश गर्नुपर्ने हुन्छ । तर गृहमन्त्रालयले यी कुनै कागजातविना मनलाग्दी रकम बाँडेको महालेखाले जनाएको छ। 

यसरी आर्थिक सहायता लिएका व्यक्तिले सरकारी तथा सामुदायिक अस्पतालमा उपचार गराउनुपर्ने, सरकारी तथा सामुदायिकमा उपचार हुन नसकेको अवस्थामा मात्रै निजी अस्पतालमा उपचार गराउन पाइने र स्वदेशमा उपचार सम्भव नभएमा मात्रै विदेशमा उपचार गराउन पाइने भनेर प्रष्ट उल्लेख गरिएको छ ।  तर सरकारी तथा सामुदायिक अस्पतालमा नगई निजी अस्पताल र विदेशमा उपचार गराएको देखिएको महालेखाले औंल्याएको छ।

सुराकीका नाममा १ करोड ४५ लाख स्वाहा
शान्ति सुरक्षाका लागि गृहमन्त्री र गृहसचिवले निश्चित रकम खर्च गर्न पाउने व्यवस्था पनि छ। २०५० जेठ १३ गतेको निर्णयले शान्ति सुरक्षाका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार रुपैयाँ र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च सकिने उल्लेख गरिएको छ ।
यसै आधारमा सुराकीका नाममा गृहमन्त्री रामबहादुर थापा 'बादल' बाट आर्थिक वर्ष २०७५/७६ मा ७२ लाख रुपैयाँ र गृह सचिवबाट ७३ लाख ९ हजार गरी १ करोड ४५ लाख ९ हजार रुपैयाँ खर्च भएको पाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्रिपरिषदले एक पटकको खर्च विवरण तोके पनि दैनिक, साप्ताहिक वा मासिक अवधि किटान गरेको छैन। जसका कारण शान्ति सुरक्षाका नाममा मनमौजी खर्च भएको महालेखाले उल्लेख गरेको छ। उक्त खर्चसमेत नियन्त्रण गर्नुपर्ने बेला आएको महालेखाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म सार्वजनिक गरेको विवरण अनुसार गण्डकी र कर्णाली प्रदेशका केही सडक खण्डहरू अझै पूर्ण तथा आंशिक रूपमा... शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूर... शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु जिल्ला प्रशासन कार्यालय बझाङ, गृह मन्त्रालयलगायतका निकायमा पहल गरी हेलिकोप्टरको उडानको तयारी हुँदाहुँदै उनको मृत्यु भइसकेको थियो । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्