• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

अर्थको रायपछि मात्रै  चिनियाँ जहाज व्यवस्थापनको काम अघि बढ्ने

निगमलाई अहिले नै जहाज व्यवस्थापनका लागि पत्र काटेका छैनौं : मन्त्रालय
64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०७७  ०९:२६
1140x725

काठमाडौं-आन्तरिक उडानलाई प्रभावकारी बनाउन भन्दै नेपाल वायुसेवा निगमले खरिद गरेका  ६ वटा चिनियाँ जहाज व्यवस्थापनकाे निर्णय अर्थ मन्त्रालयको रायपछि मात्रै हुने भएका छ। निगमले साउन १५ बाट  ६ वटै चिनियाँ जहाजकाे उडान नगर्ने घोषणा गरेको थियो। 

असार १६ मा बसेको निगम सञ्चालक समितको बैठकले चिनियाँ जहाज सञ्चालनबाट निगमलाई निरन्तर घाटा भएको र अबको दिनमा पनि सञ्चालन गर्न सम्भव नभएको भन्दै ग्राउन्डेड गर्ने निर्णय गरेको थियो। त्यसपछि बोर्डले जहाज व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको थियो।

निगमको निर्णय पाएसँगै मन्त्रालयले जहाज व्यवस्थापनका विषयमा आन्तरिक छलफल गरेको मन्त्रालयका सहसचिव सुरेश आर्चायले  बताए। 

‘निगमले जहाज उडाउन नसक्ने भन्दै व्यवस्थापनको विषयमा मन्त्रालयलाई पत्राचार गरेपछि हामीले जहाज खरिदको सम्झौता अध्ययन गरेका थियौं’, आर्चायले भने, ‘६ वटा चिनियाँ जहाज खरिदको समयमा  महत्वपूर्ण भूमिका अर्थ मन्त्रालय रहेको ठहर गर्दै अर्थसँग सुझाव माग्ने निर्णय भएको हो।’

यो पनि पढ्नुहोस्

चिनियाँ जहाज खरिदको एउटा कथा : न सरकारले ४० करोड फिर्ता पायो, न जहाज नै आयोबुधबार, साउन ७, २०७७

साउनको अन्तिम साता नै मन्त्रालयले २ वटा एमए ६० र ४ वटा चिनियाँ जहाज .गरी ६ वटा चिनियाँ जहाज व्यवस्थानपको विषयमा अर्थसँग राय माग गर्ने पत्र पठाएको छ। तर, पत्र अर्थ मन्त्रालयल पुगे-नपुगेकाे र  राय आइसके-नसकेकाे विषय अहिले जानकारी नभएको आचार्य बताउँछन्।

 ६ वटा जहाजमध्ये ४ वटा सहुलियत ऋण र २ वटा चिनियाँ सरकारको अनुदानमा खरिद गरिएका कारण जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयको राय आवश्यक पर्ने उनको भनाइ छ। 

अर्थले पनि  एउटा एमए ६० तथा एउटा वाई-१२ जहाज अनुदानमा र  एउटा वटा एमए ६० तथा ३ वटा वाई-१२ जहाज सहुलियत ऋणमा खरिद गर्नेगरी दुई पक्षीय सम्झौता गरेको थियो।

यो पनि पढ्नुहोस्

चिनियाँ जहाजको उपयुक्त व्यवस्थापन गरबिहीबार, साउन २२, २०७७

जहाज खरिदका लागि लिएको ऋणको किस्ता र व्याज तिर्न समय आउन लाग्दै गर्दा निगमले जहाज ग्राउन्डेड गर्ने निर्णय गरेका कारण  पर्यटन मन्त्रालयले जहाज व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँय राय तथा सुझाव मागेको आचार्य बताउँछन्। अब अर्थ मन्त्रालयको राय सुझावपछि मन्त्रालयले जहाज व्यवस्थापनको विषय कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गर्ने उनको भनाइ छ। मन्त्रालयले जहाज व्यवस्थापन आफैं गर्ने वा निगममार्फत गर्ने विषयमा निर्णय गर्ने  आचार्यले बताए।

Ncell 2
Ncell 2

तर, अर्थ मन्त्रालयसँग राय सुझाव माग भएको  पत्रको बोधार्थ मात्रै निगममा गएको मन्त्रालयले जनाएको छ। अहिले नै मन्त्रालयले निगमलाई जहाज व्यवस्थापन गर्न भनेर पत्र नकाटिसकेको उनको भनाइ छ।

निगमले भने आन्तरिक उडानमा प्रयोग भएका ६वटा चिनियाँ जहाजको व्यवस्थापन गरी नयाँ जहाज खरिद गर्ने योजना बनाइरहेकाे जनाएकाे छ।

६ वटा चिनियाँ जहाजमध्ये अहिले २ वटा मात्रै उडानयोग्य छ।  २ वटा एमए-६० जहाजमध्ये एउटा उडान योग्य छ भने एउटा लामो समयदेखि ग्राउन्डेड भएर बसेको छ। यसैगरी ४ वटा वाई-१२ मध्ये एउटा दुर्घटनामा परेर उडान गर्न नमिल्ने अवस्थामा पुगेको छ। बाँकी रहेका ३ वटा वाई-१२ जहाजमध्ये २ वटा ग्राउन्डेड छ भने एउटा उडान योग्य छ।

६ वर्षमा २ अर्ब ३० करोड भन्दा बढी घाटा
२०७९ मंसिरमा नेपाल र चीनबीच दुईपक्षीय सम्झौता भएको थियो। सम्झौतामा एउटा एमए-६० र एउटा वाई-१२ जहाज अनुदानमा र एउटा एमए-६० र ३ वटा वाई-१२ जहाज भने ऋणमा  लिने सम्झौता भएको थियो। सोही सम्झौतापछि २०७१ वैशाखमा पहिलो अनुदानको एउटा एमए-६० जहाज नेपाल आएको थियो। साथै सोही वर्ष २०७१ को कात्तिकमा अर्को अनुदान वापतको एउटा वाई-१२ जहाज नेपाल आएको थियो।

यो पनि पढ्नुहोस्

चिनियाँ जहाज निगमलाई 'सेतो हात्ती', एक वर्षमै साढे ६० करोड घाटाशुक्रबार, चैत २९, २०७५

यसैगरी बाँकी जहाज २०७३ मा एउटा एमए-६० र एउटा वाई-१२ ल्याएको थियो। निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई-१२ जहाज नेपाल ल्याइएको थियो। यसरी खरिद भएर नेपाल ल्याइएका चिनियाँ जहाजबाट निगमले आर्थिक वर्ष ०७५/०७६ सम्म १ अर्ब ९० करोड र गत आर्थिक वर्षमा ४३ करोड थप गरी अहिलेसम्म २ अर्ब ३३करोड रुपैयाँ घाटा बेहोरेको छ।

जहाज खरिदमा नेपालले अनुदान र सफ्ट लोनमा गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरिसकेको छ। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलब ५ प्रतिशत दरको ऋण थियो। सुहलियत दरका ऋणको किस्ता र व्याज अब निमगले तिर्ने समय आएको छ। निगमले २०९० सालसम्म जहाज खरिदको ऋणको किस्ता र व्याज तिर्नु पर्ने हो। तर, अब जहाज नै उडान नगर्ने घोषणा गरेको छ। निगमले चिनियाँ जहाज अपरेशनमा १९ वटा कमजोरी देखाउँदै उडान बन्द गर्ने घोषणा गरेको हो।

सम्बन्धित समाचार

६ वटा चिनियाँ जहाज व्यवस्थापन नगरी कमिसनको खेलमा नयाँ जहाज खरिदको प्रक्रिया

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ)
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते शनिबार, पुस २६, २०८२
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक शनिबार, पुस २६, २०८२
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्