• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

चिनियाँ जहाज खरिदको एउटा कथा : न सरकारले ४० करोड फिर्ता पायो, न जहाज नै आयो

सेनाले स्काईट्रक बनाउन अस्वीकार गरेको थियो एमए-६०, सरकारको दबाबमा निगमलाई 'सेतो हात्ती' पाल्न दबाब
सविन मिश्र/उत्तम काप्री बुधबार, साउन ७, २०७७  १४:०२
1140x725
फाइल तस्बिर।

काठमाडौं- करिब १० वर्षअगाडि नेपाली सेनाले स्काई ट्रक बनाउन अस्वीकार गरेको चिनियाँ एमए-६० जहाज नेपाल वायुसेवा निगमले यात्रु उडानका लागि मंहगो मूल्यमा खरिद गरेको खुलेको छ। 

सेनाले २०६६/०६७ मा २ वटा चिनियाँ एमए-६० जहाज स्काई ट्रकका रूपमा पनि उडान गर्न नसकिने भन्दै अस्वीकार गरेको थियो। यही प्रकृतिका दुईवटा जहाज पुन: राजनीतिक दबाबमा २०७० मंसिरमा निगमको आन्तरिक उडानमा प्रयोग गर्ने गरी खरिद गर्ने निर्णय भएको थियो। जहाज नेपाल आएपछि पनि उडानमा समस्या भएको र निरन्तर घाटामा गएको भन्दै निगमले एमए-६० बाट उडान नै नगर्ने उद्घोष गरिसकेका छ। 

पहिलोपटक चीनबाट २ वटा एमए-६० जहाज किन्ने निर्णय तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका समयमा भएको थियो। तत्कालीन समयमा दरबारको चाहनाअनुसार रक्षा मन्त्रालयले चीनसँग २ वटा एमए-६० जहाज खरिदका लागि सम्झौता गरेको थियो। 

चिनियाँ जहाज नागरिक उड्डयनकै लागि भनेर खरिद प्रक्रिया सुरु गरिएको थियो। तर, उक्त जहाज नागरिक उड्डयनमा प्रयोग गर्न नकसिने र खर्च धान्न पनि मुस्किल पर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निष्कर्षपछि जहाज सेनाले प्रयोग गर्ने निर्णय भएको थियो। त्यतिबेला सेनाले यो जहाज आफूले चलाउन नसक्ने जानकारी रक्षा मन्त्रालयलाई गराएको थियो। तर राजाको शासन भएका बेला सेनाले यो विषय बाहिर भने ल्याएन। 

२०६२ साल चैतबाट दोस्रो जनआन्दोलन सुरु भयो। यही आन्दोलनले राजाको शासनसँगै राजतन्त्र पनि अन्त्य गर्‍यो। त्यसपछि जहाज आउने प्रक्रियामा ढिलाइ हुन थाल्यो। यतिबेलासम्म जहाज खरिदका लागि रक्षा मन्त्रालयले चिनियाँ पक्षलाई दुई किस्तामा ३९ करोड ५३ लाख रूपैयाँ पठाएको थियो। यो पैसा सरकारले आन्तरिक स्रोतबाट व्यहोरेको थियो। 

नेपालले जहाज भित्र्याउन ढिलाइ गरेपछि चीनले नेपालस्थित राजदूतावासमार्फत् परराष्ट्र मन्त्रालय हुँदै रक्षा मन्त्रालयलाई बाँकी रकम भुक्तानी र जहाज स्वीकार गर्न दबाब दिन थाल्यो। तर अर्थ मन्त्रालयले विभिन्न बहानामा थप पैसा निकासा दिएन। जहाज चीनमै अड्किए। 

रक्षा मन्त्रालयले चिनियाँ पक्षको दबाबपछि पैसा निकासाका लागि अर्थ मन्त्रालयलाई आग्रह गर्न थाल्यो। दूतावासका कर्मचारीसमेत अर्थ मन्त्रालय पुगेर दबाब बढाउन थाले। तर अर्थका अधिकारीहरूले यो विषयमा थप अध्ययन आवश्यक भएको भन्दै चिनियाँ पक्षको आग्रहलाई अस्वीकार गरिरहे। 

जहाज के गर्ने भन्ने विषयमा अन्यौल बढेपछि रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारी सम्मिलित अध्ययन टोली बन्यो। यो टोलीले जहाज नेपाली सेनालाई स्काई ट्रकका रूपमा प्रयोग गर्न सक्ने/नसक्ने विषयमा प्रश्न सोध्यो। सेनाले त्यतिबेला यो जहाज स्काई ट्रकमा प्रयोग गर्न नसकिने र आफूलाई आवश्यक पनि नपर्ने जवाफ दियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सेनाले यस्तो जवाफ दिएपछि अर्थ मन्त्रालयले थप रकम भुक्तानी नदिने भन्दै सुरुमा पठाएका किस्तासमेत फिर्ता रक्षा मन्त्रालयलाई आग्रह गर्‍यो। तर न रकम फिर्ता भयो न जहाज ल्याउने प्रक्रिया नै अगाडि बढ्यो। 

२०६८ सालमा डा बाबुराम भट्टराई प्रधानमन्त्री भए र उनका परराष्ट्रमन्त्री बने नारायणकाजी श्रेष्ठ। दुई देशबीचको सम्बन्ध नै खल्बलिने गरी विवाद बढेपछि मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयका तत्कालीन् अधिकारीहरूलाई सोधे, 'चिनियाँ जहाज के गर्ने?' सुरुमा पैसा दिन अस्वीकार गरेका उनीहरूले मन्त्री श्रेष्ठलाई जवाफ दिए, 'जहाज काम छैन, पैसा फिर्ता गर्न सक्नुहुन्छ भने पहल गर्नुस्।' 

चीनबाट खरिद गरिएको वाई-१२ जहाज। फाइल तस्बिर

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, चिनियाँ पक्षले जहाज तयार भएको बाँकी रकम भुक्तानी गर्दै जहाज लैजान परराष्ट्र मन्त्रालयमार्फत दबाब दिइरह्यो। यही बीचमा नेपाली अधिकारीहरूको एउटा टोली चीन भ्रमणमा पुग्यो। जहाज हेर्ने उद्देश्य नभए पनि चिनियाँ अधिकारीहरूले उनीहरूलाई 'नेपाल लैजान ठिक्क पारेको जहाज हेर्नुस्' भन्दै देखाए। 'हामी त्यो जहाज भित्र बस्यौँ र फोटो पनि खिचेका थियौँ, जहाज नेपाल ल्याउन ठिक्क पारिएको थियो तर किन आएन थाहा भएन,' त्यतिबेला चीन पुगेका एक अधिकारीले भने। 

सेनाले स्काई ट्रकको रुपमा प्रयोग गर्न पनि सम्भव छैन भन्दै जहाज प्रयोग गर्न नसक्ने विषय रक्षा मन्त्रालयमा बारम्बार गराइरह्यो। फेरि चिनियाँ पक्षले उक्त जहाजको बाँकी रहक तिरेर लैजान दबाब दिन थाल्यो। यहीबीचमा चिनियाँ पक्षले नेपालसँग जहाज नलगे क्षतिपूर्ति दिनुपर्ने दावी गर्न थाल्यो। 

अर्थ मन्त्रालयले क्षतिपूर्ति दिन नसकिने र नेपालमा काम नलाग्ने जहाज भएकाले तिरेको पैसा नै चीनले फिर्ता दिनुपर्ने जवाफ परराष्ट्र हुँदै चिनियाँ दूतावासमा पठायो। त्यसपछि विषय थप गम्भीर बन्यो। अर्थ, परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरूले क्षतिपूर्ति दिने नदिने र जहाज ल्याउने वा नल्याउने विषयमा मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने सुझाव दिए। प्रस्ताव रक्षा मन्त्रालयले तयार गर्ने सहमति भयो। 

तर भट्टराई नेतृत्वको सरकारले यो प्रस्तावमा कुनै निर्णय गरेन, बरु चीनसँग ६ वटा जहाज (दुई एमए -६० र चारवटा वाई-१२) किन्ने प्रक्रिया अगाडि बढायो। यसमध्ये एउटा एमए-६० र एउटा वाई -१२ अनुदानस्वरूप चीनले दिने र बाँकी सहुलियतपूर्ण ऋण (सम्झौताअनुसार १.५ प्रतिशत ब्याज भनिए पनि व्यवस्थापन खर्चसमेत जोड्दा करिब २.२५ प्रतिशत ब्याज) किन्ने सैद्धान्तिक सहमति भट्टराई सरकारले दियो। यसमा अर्थ मन्त्रालयले स्वीकृति भने दिएको थिएन।

यो पनि पढ्नुहोस्

६ चिनियाँ जहाज खरिद 'गडबडी'को यस्तो छ नालीबेलीबिहीबार, साउन १, २०७७

जानकार स्रोतका अनुसार आर्थिक दायित्व सिर्जना हुने विषयमा अर्थ मन्त्रालयलाई थाहै नदिइ संस्कृति मन्त्रालयले चिनियाँ पक्षसँग समझदारी गरेको थियो। स्रोतका अनुसार त्यतिबेला अर्थ मन्त्रालयले गम्भीर अहसमति जनाएपछि मन्त्रिपरिषदले अर्थको स्वीकृति विना आर्थिक दायित्व सिर्जना हुने विषयमा भएका सबै समझदारी खारेज गर्ने निर्णय गरेको थियो।

तर चिनियाँ जहाजको विषयमा यो निर्णय लागू भएन, प्रक्रिया अघि बढ्यो। अर्थ मन्त्रालयले निरन्तर असहमति जनाएपछि त्यहाँ केही अधिकारीहरूको सरुवा भयो। र २०७० मंसिर ९ गते खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले जहाज खरिदको सम्झौता गर्‍यो। 

स्मरणीय छ, २०७० मंसिर ४ गते संविधानसभाको चुनाव भएको थियो, सबैको ध्यान मतगणनातर्फ भएका बेला सुटुक्क सम्झौता गरिएको थियो। जुन सम्झौताअनुसार खरिद गर्ने भनिएका जहाज पहिले नै नेपाली सेना र नागरिक उड्डयनले नेपालमा उडान गर्न असंभव भएको भन्दै अस्वीकार गरेका थिए। 

यी जहाज नेपाल आए, अहिले यिनै जहाज निगमका लागि सेतो हात्ती भएको छ। अन्तत: निगमले यी जहाज आफ्नो दायित्वभित्र नरहेको र व्यवस्थापन गर्न नसक्ने भन्दै नउडाउने निर्णय गरिसकेको छ। 

तर त्यसअघिका दुईवटा एमए-६० जहाजको 'च्याप्टर क्लोज' भएको छ। जानकार स्रोतका अनुसार यसको हिसाब किताबको विषय पनि अहिले उठेको छैन। महालेखापरीक्षकको कार्यालयले २०६८ सालमा दिएको वार्षिक प्रतिवेदनमा चिनियाँ कम्पनीबाट जहाज खरिदका लागि पठाइएको सम्पूर्ण रकम फिर्ता लिनुपर्ने विवरण उल्लेख गरेको थियो।  

चीनसँग खरिद गरिएको एमए-६० जहाज फाइल तस्बिर। 

पछिल्ला समय खरिद गरिएका एमए-६० र वाई-१२ जहाज नेपाल ल्याउन नहुने भन्दै अर्थ मन्त्रालयले फरक मत राखेको थियो। अर्थले ती जहाज नक्कली भएको, विश्व बजारमा कुनै उपस्थिति नभएको, आकाशमा कम मात्रै देखिने, जहाजको 'पे-लोड' नेपालको भूगोलअनुसार सुहाउँदो नरहेको, अपारदर्शी एवं विना प्रतिस्पर्धा खरिद गर्न लागिएको र तुलनात्मकरूपमा महँगो रहेको ठहर गर्दै जहाज किन्नै नहुने राय दिएको थियो। 

तर अन्तत सरकारले जहाज किन्ने निर्णय गर्‍यो, जसको वित्तीय र रणनीतिक मूल्य अहिले पनि नेपालले चुकाइरहेको छ। यसको एउटै उदाहरण हो, चिनियाँ जहाज खरिद भएको १२ दिनपछि युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीका जहाज युरोपको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगाइदियो, जुन आजपर्यन्त कायम छ। 

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १४:०२
  • #ma-60

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्