काठमाडौं– एसियन भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन प्रतियोगिताअन्तर्गत नेपाल सेमिफाइनलमा पराजित भएको छ।
बुधबार बंगलादेशको मिरपुरमा भएको खेलमा नेपाललाई तुर्कमेनिस्तानले ३–० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेटमा कमजोर देखिएको नेपालमाथि तुर्कमेनिस्तानले २५–१४ को जित निकाल्यो। दोस्रो सेटमा पनि तुर्कमेनिस्तान नेपालमाथि हाबी हुँदै २५–१८ ले विजयी भयो। तेस्रो सेटमा २५–१९ ले जित नकिल्दै तुर्कमेनिस्तान प्रतियोगिताको फाइनलमा पुग्यो।
सेमिफाइनलमा पराजित नेपालले अब तेस्रो स्थानका लागि खेल्नेछ। तेस्रो स्थानका लागि नेपालले आजै हुने दोस्रो सेमिफाइनलमा पराजित हुने टिमसँग आगामी शुक्रबार भिड्नेछ। दोस्रो सेमिफाइनलमा
आयोजक बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ। विजयी टिम र तुर्कमेनिस्तानबीच शनिबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
समूह उपविजेता बनेर अन्तिम चारमा पुगेको नेपालले समूह चरणमा माल्दिल्सलाई हराएको थियो भने आयोजक बंगलादेशसँग पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।