काठमाडौं- स्वर्गीय पत्रकार बलराम बानियाँको परिवारलाई नेपाल-अमेरिका पत्रकार संघ (नेजा)ले आर्थिक सहयोग गरेको छ। नेजाले ४ लाख ३१ हजार ९५१ रुपैयाँ सहयोग स्वर्गीय पत्रकार बानियाँकी पत्नीलाई हस्तान्तरण गरिएको हो।
बानियाँको घरमा पुगेर चेक हस्तान्तरण गरिएको नेजाले जनाएको छ। बानियाँको गृह जिल्ला तनहुँको भानु नगरपालिका–१३ स्थित मिर्लुङ गाउँको बानियाँ टोल पुगेर रकम हस्तान्तरण गरिएको हो।
१३ दिनअघि बानियाँको निधन भएको थियो। बल्खु पुलमुनि खोलामा खसेका बानियाँको शव भोलिपल्ट मकवानपुरमा फेला परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।