काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरान-८ का ६८ वर्षीय पुरुषको साँझ ६:३५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
डा सापकोटाका अनुसार अवस्था गम्भिर भएपछि उनलाई प्लाज्मा थेरापी दिइएको थियो। तर उक्त विधीबाट पनि उनलाई बचाउन नसकेको उनको भनाइ छ।
साउन २९ गते कोरोना पोजिटिभ देखिएका उनमा अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएको थियो। साउन ३० गते प्रतिष्ठानमा भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह, सिओपिडीको समस्या समेत थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।