काठमाडौं- महान्यायाधिवक्ता कार्यालयले ११ वटा सरकारी वकिलको कार्यालय आइतबार एकैदिन भर्चुलम माध्यमबाट उद्घाटन गरेको छ। कोरोना महामारीका कारण भौतिक रुपमा पुग्न नसक्ने भएपछि भर्चुअल माध्यमबाट एकैपटकै ११ सरकारी वकिल कार्यालयको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गरेका हुन्।
आइतबार उद्घाटन भएकामध्ये अधिकांश कार्यालयको निर्माण साढे दुई वर्ष पहिले सुरु गरिएको र अवधि अघि नै सकिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। उच्च सरकारी वकील कार्यालय पोखरा, जिल्ला सरकारी वकील कार्यालयहरु भोजपुर, महोत्तरी, धनुषा, सिरहा, बर्दिया, सल्यान, हुम्लाको उद्घाटन गरिएको हो।
त्यस्तै, जिल्ला सरकारी वकिल कार्यालयहरू कैलाली, डडेल्धुरा, र दार्चुलाको उद्घाटन भएको माहान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए।
हालसम्म ५० वकिल कार्यालयको नयाँ भवन निर्माण सम्पन्न भइसकेका छन्। कार्यक्रममा महान्यायाधिवक्ता खरेलज्यूले अप्ठ्याराका बीचमा पनि सरकारी वकिल कार्यालयको निर्माण कार्य सम्पन्न भएकोमा खुशी व्यक्त गरे।
दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाले तय गरेअनुरूप संस्थागत सुधारअन्तर्गत सरकारी वकिललाई भौतिक संरचनामा पनि अब्बल बनाउने उद्देश्यले अघि बढेको खरेलको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष वरिष्ठतम नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले विश्व कोभिड-१९ को महामारीमा परेको समयमा महान्यायधिवक्ताको कार्यालयले अनलाईनमार्फत् विभिन्न ११ वटा सरकारी वकील कार्यालयको भवन उद्घाटन हुनु ऐतिहासिक कार्य भएको उल्लेख गरे।
महान्यायाधीवक्ता कार्यालयको केन्द्रीय भवन पनि निर्माणको अन्तिम चरणमा रहेको छ।
यस्तो भवन निर्माणमा लागेको खर्च विवरण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।