चनौली- इलाका प्रहरी कार्यालय चनौलीले ४५ किलो गाँजासहित ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको धाक्रे गाउँपालिका- ३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङ रहेका छन्। भरतपुर महानगरपालिका- १८ चनौली बजारमा चेकजाँचका क्रममा बा ३ ख ७९५८ नम्बरको ट्रकमा लुकाइछिपाई ल्याएको सो परिमाणको गाँजासहित दुवै जनालाई शनिबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। इन्द्र ट्रकका चालक हुन् भने दोर्जे सहचालक रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।