सांकेतिक तस्बिर
चितवन-सुक्खा पहिरो खसेपछि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो। इच्छाकामना गाउँपालिका-५ को ३ नं पुलनजिक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।