काठमाडाैं-नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक-अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ। इजरायलको जेरुसलेममस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकाे दूतावासले जनाएकाे छ।
राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्टमार्फत् इजरायल आएका विद्यार्थीमध्ये केही उत्कृष्ट छनाेट गरी उनीहरुका लागि तालिम अवधि ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन्।
सो अवसरमा केयर गिभिङ क्षेत्रमा पुनः नेपाली ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।