• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अख्तियार र लेखा समितिले छानबिन गर्दागर्दै ओम्नी किन पुग्यो सर्वोच्च?

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ५, २०७७  २१:५०
1140x725

काठमाडौं- कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ओबिसिआई (ओम्नी)सँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो। तर, ओम्नीसँगको मेडिकल सामाग्री खरिदमा सेटिङसँगै आर्थिक हिनामिना भएको भन्दै विरोध सुरु भयो। विरोधपछि सरकारले चैत १९ गते मेडिकल सामाग्री खरिदको लागि दुईपक्षीय सम्झौता भएको एक साता पनि नहुँदै खरिद सम्झौता रद्द गर्‍यो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्वास्थ्य सेवा विभागले तोकेको समयमा भने अनुसारको मेडिकल सामाग्री सरकारलाई नबुझाएको र थप पनि आउने सम्भावना नरहेको भन्दै दुईपक्षीय खरिद सम्झौता रद्द गरेको थियो।  खरिद सम्झौता रद्द गर्दै सरकारले जिटुजी प्रक्रियाबाट नेपाली सेनामार्फत् मेडिकल सामाग्री खरिद गरेको थियो। तर, ओम्नीसँग र सेनाले खरिद गरेको दुवै प्रक्रियामा सेटिङ र आर्थिक हिनामिना भएको भन्दै विरोध भइरहेको छ। विरोधसँगै अहिले ओम्नीसँग मेडिकल सामाग्री खरिदको विषयमाथि अनुसन्धान पनि सुरु भएको छ। 

ओम्नीसँगको मेडिकल सामाग्री खरिदको विषयमा संसदको सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका छन्। ओम्नीसँगको मेडिकल सामाग्री खरिदमा आर्थिक हिनामिनाका साथै कानुनसमेत मिचिएको लेखा समितिले ठहर गरिसकेको छ। ओम्नीसँगको खरिद प्रक्रिया कानुन मिचेर भएको निष्कर्ष सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत गरिसकेको छ। कार्यालयले अनुसन्धान गरी सोको प्रतिवेदन लेखा समितिलाई बुझाइसेको छ। यसरी अनुसन्धानको चरणमा रहेको ओम्नीसँगको मेडिकल सामग्री खरिदको विषय अझैसम्म पनि टुंगो लागेको छैन। तर, ओम्नी भने यति बेला मुद्दा लिएर सर्वोच्चमा पुगेको छ। 

यो पनि पढ्नुहोस्

ओम्नीसँगको मेडिकल सामग्री खरिदबारे सार्वजनिक खरिद अनुगमनका प्रश्नैप्रश्न [रिपोर्टसहित]मंगलबार, साउन १३, २०७७

प्रधानमन्त्री, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका सल्लकारको समेत सेटिङमा ओम्नीसँग भएको मेडिकल सामाग्री खरिदका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गरिरहेको छ।

लेखा समितिले खरिदमा संलग्न स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला,  स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्यमन्त्रीका सल्लाहकार डा खेम कार्कीलगायत अन्य सरोकारवालासँग छलफलसमेत गरिसकेको छ। समितिले ओम्नीसँगको मेडिकल सामग्री खरिदकै विषयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई बोलाउने तयारी गरिरहेको छ। अख्तियारले ओम्नीसँगको सामग्री खरिदमा प्रारम्भिक चरणको अनुसन्धानबाट विस्तृत अध्ययनतर्फ लागेको छ। 

यसरी दुवै निकायले छानबिन गरिरहेको समयमा यो प्रकरणमा ओम्नी सर्वोच्च पुगेसँगै नयाँ ट्विस्ट आएको छ। सम्झौता खारेज भएको ५ महिना पुग्नै लाग्दा ओम्नी सर्वोच्च पुगेको हो। ओम्नीका तर्फबाट भदौ २ गते रिट दायर भएको थियो। उक्त रिटमा सर्वोच्चले पहिलो सुनुवाईसमेत गरिसकेको छ। न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले सबै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ अन्तरिम आदेश जारी गर्न माग गरिए पनि सर्वोच्चले त्यसलाई भने अस्वीकार गरेको छ। सर्वोच्चले मुद्दालाई अग्राधिकार दिँदै सबै पक्षलाई छलफलमा उपस्थित हुन भनेको छ।  

सर्वोच्चको यो आदेशपछि ओम्नीसँगको स्वास्थ्य सामग्री खरिदको विषय अब अदालत प्रवेश भएको छ। सर्वोच्चमा ओम्नी पक्षले दुई वटा पक्ष उठाएको छ। जमानतका लागि हिमालयन बैंकमा राखेको ५ लाख  १६ हजार ९ सय २२ अमेरिकी डलर जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया रोक्न माग गरिएको छ । सर्वोच्चले पहिलो सुनुवाईमा अन्तरिम आदेश जारी नगरेकाले रकम असुल गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया भने नरोकिने देखिन्छ। तर, अदालतमा मुद्दा पुगेपछि यी प्रक्रिया अवलम्बन गर्दा भने प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको दाबी गर्दै ओम्नी पुनः अदालत पुग्ने बाटो भने देखिन्छ। 

पाँच महिना पुग्न लागेपछि किन सर्वोच्चमा?
सरकारले २०७६ चैत ११ गते स्वास्थ्य सामाग्री ल्याउन प्रस्ताव आह्वान गरेको थियो भने १२ गते ओम्नीसँग सम्झौताका लागि वार्ता  भएको थियो। त्यसको दुई दिनपछि चैत १४ गते मेडिकल सामग्री खरिद सम्झौता गरेको थियो। बजार मूल्यभन्दा धेरै महँगो मूल्यमा सरकारले ओम्नीसँग खरिद सम्झौता गरेको थियो। उक्त सम्झौता अनुसार चैत १६ गते पहिलो लटको सामाग्री ओम्नीले ल्याएको थियो। उसले सामान भित्र्याए सँगै नेपाल लाइभले अनियमितता भएको र सामानको गुणस्तरमा समेत समाचार प्रकाशन गरेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

कोरोनाको कहरमा पनि कमिसन चक्करशनिबार, चैत १५, २०७६

दोस्रो लटको सामान आउनुअघि ओम्नीले पहिलो चरणमा ल्याएका सामान कमसल भएको पाइएपछि सरकारले हतारहतार खरिद सम्झौता खारेज भएको भन्दै उसले बैंकमा राखेर जमानतसमेत जफत गर्ने निर्णय गर्यो। उक्त जानकारी ओम्नीलाई इमेलबाट चैत १९ गते दिइएको थियो। चैत १९ गते पत्र पाएको ओम्नी भदौ २ गतेमात्र सर्वोच्च पुगेको थियो। सरकारले सम्झौता खारेज भएकै दिनमा जमानत जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो। 

सरकारले जमानत जफत गर्ने निर्णय गरेको यति लामो समयपछि ओम्नी सर्वोच्च जानु रहस्यमय देखिएको छ। अख्तियारमा रहेको अनुसन्धानलाई प्रभावित पार्ने र बैंकको रकम फुत्काउन ओम्नी सर्वोच्च पुगेको कानुनका जानकारहरूको तर्क छ। 

ओम्नी समूहले सर्वोच्चमा मुद्दा दायर गरेपछि लेखा समिति र अख्तियार दुवै निकायका अनुसन्धानमाथि असर पर्ने देखिन्छ। अदालतमा विचाराधीन कुनै पनि विषयमा संसदमा छलफल गरिने छैन। अख्तियारले पनि सर्वोँच्चको मुद्दा नटुङ्गिएसम्म  अनुसन्धानका लागि पर्खनुपर्ने हुनसक्ने देखिन्छ। यही अवधिमा ओम्नीले बैंकमा रहेको रकम निकाल्न अदालतबाट आदेश जारी गराउने गरी सेटिङ गर्ने प्रयास पनि गरिरहेको देखिन्छ। बैंकबाट पैसा निकाल्न पाए र अदालतबाट सरकारले एकतर्फी रूपमा ठेक्का तोडेको प्रमाणित गराउन सकेमा खरिदमा लगानी भएको पैसासमेत उठाउने रणनीति ओम्नीले लिएको देखिन्छ। 

मध्यस्थता र मुद्दा सँगसँगै 
सरकारले कालोसूचीमा राख्ने र जमानतसमेत जफत गर्ने भनेपनि उक्त यी दुवै काम हालसम्म भएका छैनन्। पाँच महिनासम्म उक्त कार्य सरकारले नगरेपछि सर्वोच्चबाटै यसलाई वैधानिक रूपमा अन्त्य गराउने चलखेलमा ओम्नी सर्वोच्च पुगेको देखिन्छ। 'सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने' उपाय अन्तर्गत ओम्नी लामो समयपछि सर्वोच्च पुगेको जानकारहरूको विश्लेषण छ। 

यो पनि पढ्नुहोस्

यस्ता छन् मेडिकल सामग्री खरिदका 'खलपात्र' र उनीहरूको स्वार्थ-कथासोमबार, असार १, २०७७

सरकारले निर्णय गरेलगत्तै क्षतिपूर्ति र जमानत माग गर्दै जानु पर्नेमा ओम्नी हालसम्म मौन बसेको थियो। ३५ दिनभित्र उसले दाबी बोकेर जुनसुकै अवस्थामा सर्वोच्च जान सक्थ्यो तर उसले त्यसलाई चासो दिएन । यही ढिलाईलाई ओम्नीले आफ्नो निवेदनमा स्वीकार गर्दै कोभिडका कारण सम्भव नभएको जिकीर गरेको छ। हाल पनि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। तत्कालीन समयमा असम्भव हुने र हाल सम्भव हुने तर्कमा अब अदालतले नै निर्णय गर्नेछ।

ओम्नीले मध्यस्थता र अदालतमा मुद्दा भने एकै पटक पुर्‍याएको पाइएको छ। कोरोना संकटको समयमा प्रतिबद्धता अनुसार सामाग्री उपलब्ध नगराएर धोका दिएको कम्पनी ओम्नीले यी दुवै कार्य एकै पटक गरेकाले शंका पैदा गर्ने ठाउँ दिएको छ। सरकारले यस्तो अवस्थामा जरिवाना गराएर क्षतिपूर्तिसमेत असुल गर्नुपर्नेमा यति लामो समयसम्म मौन बसेकाले समेत शंका गर्ने ठाउँ अझै विस्तार भएको छ। 

ओम्नीले पेस गरेको नजिर 
ओम्नीले जमानतका लागि राखेको रकम फिर्ता पाउनुपर्नेमा एक नजिर पेस गरेको छ। नेपाली सेनाको समान सप्लाईका विषयमा सर्वोच्चबाट भएको फैसलालाई आधार बनाउँदै उसले जमानत फिर्ता हुनुपर्ने दाबी गरेको छ। 

सर्वोच्च अदालतबाट सरिता देवी अग्रवालविरुद्ध नेपाली सेना प्रबन्ध रथी विभागसमेतको उत्प्रेषण मुद्दालाई नजिरको रुपमा पेस गरेको हो। २०६९ जेठ २९ गते फैसला  भएको उक्त मुद्दा जमानत राखेकार धरौटी जफत गर्न नमिल्ने भनिएको थियो। 

‘निवेदिकाले जमानत वापत राखेको धरौटी रकम फिर्ता नदिई जफत गर्ने गरी पत्राचार गर्ने काम कारबाही गर्नुभन्दा पहिला विपक्षी कृष्णदल गणले निवेदिकालाई धरौटी रकम के कुन कारणले जफत गर्नु परेको सो विषयमा कुनै पूर्व जानकारी तथा सूचना समेत दिएको देखिँदैन,’ फैसलामा भनिएको थियो, ‘विपक्षी कृष्णदल गणले एकतर्फी रुपमा २०६७ फागुन १० मा र २०६७ फागुन १५ मा सनराइज बैकलाई पैसा खिच्ने भनि लेखेको पत्रहरु प्राकृतिक न्यायको सिद्धान्त प्रतिकूल रहेको छ।’

यो पनि पढ्नुहोस्

स्वास्थ्यमन्त्रीका सल्लाहकार कार्कीलाई लेखाको प्रश्न- ओम्नीसँगको खरिद प्रक्रियामा संलग्न हुने अधिकार कहाँबाट प्राप्त भयो?मंगलबार, असार ३०, २०७७

सर्वोच्चले सेनाको उक्त निर्णय र त्यस्ता काम कारबाही बदर हुने भनी निर्णय गरेको थियो। सफाईको मौका नै नदिई सम्झौता रद्द गर्ने र बैंक जमानत जफत गर्ने कार्य कानून प्रतिकूल रहेको सर्वोच्चको ठहर थियो। ओम्नीले पनि आफूलाई जानकारी नदिई पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको दाबी रिटमा गरेको छ। खरिद सम्झौता रद्द गर्नुको आधार र कारण आफूले पहिला जान्न पाउनुपर्ने प्राकृतिक न्यायको सिद्धान्त विपरीत स्वास्थ्य विभागले एकतर्फी रूपमा निर्णय गरेको जिकीर ओम्नीको छ। 

अब के हुन्छ? 
ओम्नीको दुई वटा मुद्दा भएका छन्। मध्यस्थता नियुक्तिको माग गर्दै उसले उच्च अदालत पाटन र सर्वोच्चमा रिट रहेको छ। उच्च अदालतको वाणिज्य इजलासमा मध्यस्थता माग गर्दै असारमा ओम्नीले निवेदन दिएको थियो। शुरुमा ओम्नी स्वास्थ्य विभागमा मध्यस्थताको लागि पुगेको थियो। विभागले सम्झौता खारेजी र मध्यस्थता दुवै गर्न नसक्ने भन्दै फर्काइदिएको थियो। त्यसपछि ओम्नी उच्च अदालत पुगेको थियो। 

उच्चमा ओम्नीले दायर गरेको निवेदन सुनुवाईकै क्रममा रहेको छ। सर्वोच्चले यही मुद्दा देखाउँदै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। ओम्नीका तर्फबाट सर्वोच्चमा बहस गरेको वकिलहरूले ओम्नी साढे ३३ करोड नोक्सानमा रहेकोले उक्त रकमको भरपाई हुनुपर्ने दाबी गरेका थिए। जमानत राखेको रकम र पहिलो लटमा खरिद गरिएको सामग्रीको पैसा पाउनु पर्ने प्राकृतिक न्यायको सिद्धान्त भएको दाबी उनीहरुको थियो। ओम्नीले खरिद गरेको सामान सरकारले प्रयोग गरेकाले आफूहरूको रकम दाबी स्वभाविक भएको ओम्नीको भनाइ थियो।   

सर्वोच्च र उच्च अदालतमा मुद्दा विचाराधीन भएकाले अब उसले सरकारलाई रकम जफत गर्न र कालोसूचीमा नराख्न सरकारले बाहना पाउने छ। शुरुदेखि नै ओम्नीको पक्षमा रहेको सरकारले अब उसको हिमालयन बैंकमा रहेको रकम निकाल्न सहज हुने अवस्था सिर्जना गर्ने देखिन्छ। 

सरकारले चाहेमा ओम्नीले राखेको जमानत रकम जफत गर्ने बाटो भने खुल्ला छ। सर्वोच्चले ओम्नीको मागअनुसार अन्तरिम आदेश नभएकाले र उच्चबाट मध्यस्थताका लागि कुनै आदेश नभएकाले जफत गर्न सक्ने सुविधामा सरकार छ। तर ओम्नीसँग उच्च तहको संलग्नता रहेकाले यो रकम सरकारले जफत गर्नेभन्दा ओम्नीलाई फिर्ता गर्न कानुनी पृष्ठभूमि तयार गरेको कानुनविदहरुको बुझाइ छ। गलत कार्यको बचाउका लागि हरेक पटक अदालतको साहारा लिएर वैधानिक बनाउने गरिएकाले ओम्नीको पनि यो खेल होइन भन्न नसकिने कानुनविदहरु बताउँदै आएका छन्। अब आगामी १५ दिनपछि दुवै पक्षको छलफलपछि हुने बहसले निर्धारण गर्ने देखिन्छ। ओम्नी र विपक्षहरूको तर्कपछि अदालतले जारी गर्ने आदेशले बैंकमा रहेको बैंक ग्यारेन्टी उठाउने कि नउठाउने टुङ्गो लाग्ने छ। त्यस्तै ओम्नीलाई कालोसूची राख्ने विषयमा पनि उक्त सुनुवाइले निर्धारण गर्ने छ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  २१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्