काठमाडाैं- संसदको सार्वजनिक लेखा समितिले ओम्नीसँगकाे मेडिकल सामग्री खरिद प्रक्रियामा संलग्न भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीलाई वार्ता समितिमा संयोजकको भूमिकामा बस्ने अधिकार कसले कहाँबाट दिएको भनेर प्रश्न गरेको छ।
सिंहदरबारमा आज बसेको समितिको बैठकमा सभापति भरत शाहले भने, ‘विज्ञ सल्लाहकारको हैसियतले खरिद प्रक्रियामा निर्णायक नेतृत्व कार्कीले गरेको देखिन्छ। अनाधिकृत रुपमा वार्ता समितिको संयोजक भई किन मूल्य निर्धारण गर्ने काम गरेका हो? किन अख्तियार दुरुपयोग गरिएको हो? खरिद प्रक्रियामा संलग्न हुने अधिकार कहाँबाट प्राप्त भयो?’
मेडिकल सामग्री खरिदमा आर्थिक प्रस्ताव पेस गर्ने दुईवटै कम्पनीको रकममा खासै मूल्य फरक नपरेको अवस्थामा आधिकारिक प्रमाणसमेत नभएको सादा पेपरमा आएको आर्थिक प्रस्तावलाई समेत कसरी स्वीकार गरेको लेखा समितिले प्रश्न गरेको छ। लेखा समितिले ओम्नीसँगको मेडिकल सामग्री खरिदको विषयमा आज पूर्वस्वास्थ्य सचिव यादव कोइराला, विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ र मन्त्री ढकाललाई बोलाएर छलफल गरिरहेको छ।
समितिले लागत अनुमान गर्दा नेपाली रुपैयाँमा गरेको र सम्झौता अमेरिकी डलरको दरमा किन सम्झौत गरेको समेत प्रश्न गरेका छ।
लेखाको प्रश्नै-प्रश्न:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।