काठमाडौं- लाखौंं रुपियाँसहित दुई महिला पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरी चौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका- ३ दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको ६ लाख ४० हजार रकम बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए।
रकमसहित पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन्। निजहरुलाई नियन्त्रणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।