काठमाडौं- यस वर्षको जसुदा स्मृति पुरस्कारबाट भाषा शर्मा सम्मानित भएकी छन्। जसुदा प्रधान स्मृति कोषले शर्मालाई बुधबार सो सम्मान गरेको हो।
‘महिला सम्पादक भएका म्यागजिनः निरन्तरतामा चुनौती’ विषयको शोधबापत शर्मालाई उक्त सम्मान प्रदान गरिएको हो। नागरिक दैनिकमा पत्रकारिता गर्दै आएकी शर्माले काठमाडौं नयाँ बानेश्वरस्थित सेफर्ड कलेजमा पत्रकारिता विषयमा स्नातकोत्तर गरी सो विषयमा शोध गरेकी थिइन्।
बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच डा. सुरेशप्रसाद आचार्यले शर्मालाई प्रशंसापत्र र २५ हजार रुपैयाँ नगदसहितको उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।