• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बुबाले भने जति पढ्न सकिनँ : प्रा दिनेशराज पन्त

सन्दर्भ: बुबाको मुख हेर्ने दिन
64x64
प्रजु पन्त बुधबार, भदौ ३, २०७७  १०:४५
1140x725

काठमाडौं- इतिहासकार नयराज पन्त। नेपाली इतिहासका सामाग्रीहरुको खोजीमा महत्त्वपूर्ण योगदान गरेका व्यक्ति।

नेपालको इतिहास सुरुमा नेपालीहरुले लेखेका होइनन्। राणाकालमा एकाधमा बाहेक नागरिकको पहुँचमा शिक्षा पुगेको थिएन। केही ब्राह्मण, राजा र राणाहरुले पढ्न पाउँथे। नेपालको इतिहास लेख्ने विदेशीहरु कर्क प्याट्रिक, फ्रान्सिस बुखानन ह्यामिल्टन, हेनरी एम्ब्रोस ओल्डफिल्ड, भगवानलाल इन्द्रजी, सेसिल बेन्डल, डेनियल राइट र सिल्भाँ लेभी हुन्। उनीहरुले शिलालेख र ताम्रपत्रमा लेखेका कुराहरुलाई उधिन्ने प्रयास गरे।

त्यस्तै नेपालीहरुमा सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य, योगी नरहरी नाथ लगायतले पनि इतिहास उत्खननमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सबैको आ–आफ्नो स्थान छ, त्यसमा पनि इतिहासकार नयराज पन्त सन्दर्भ सामाग्री पर्गेलेर, तथ्यपरक सामाग्री पस्कनेमा अग्रस्थानमा छन्।

विस १९९७ मा संशोधन मण्डल शिक्षा पद्धति खोलेर त्यहीँ आफ्ना दुई छोराहरु महेशराज पन्त र दिनेशराज पन्तलाई समेत शिक्षा प्रदान गरे। आफू संस्कृत महाविद्यालयमा पढाउथेँ। महाबौद्धमा रहेको उक्त पाठशालामा गणित, संस्कृत तथा इतिहासको पढाइ हुन्थ्यो। शनिबार शिलालेख खोज्न जानुपर्थ्यो।

नयराज पन्त पश्चिमा तरिकाले पढाउने शैलीको विरोधी थिए। पाठ कण्ठ गर्ने र अनुसन्धानमूलक पढाइ हुनुपर्छ भन्नेमा जोड दिन्थे।

एकल अनुसन्धानमूलक पुस्तक ५ वटा, अन्यसँग मिलेर १० वटा र आफ्ना सम्पर्कमा आएका विद्यार्थीहरुबाट विस २०० ९ सालदेखि इतिहास संशोधन, सावधान पत्र, व्याकरण संशोधन, पञ्चांग संशोधनहरुको प्रकाशन गरे। संशोधन मण्डलको स्थापना गरे। २०२१ सालदेखि संशोधन मण्डलको पत्रिका पूर्णिमा प्रकाशन गरे। यो पत्रिका अहिले पनि निस्कन्छ।

इतिहासविद् डा महेशराज पन्त र इतिहासविद् प्राज्ञ दिनेशराज पन्त उनै इतिहासविद् नयराज पन्तका छोरा हुन्। दिनेशराज पन्तले २०३१ सालदेखि अध्यापन सुरु गरे। अनवरत ४० वर्ष सम्म पढाइरहे वाल्मीकी क्याम्पसमा। अहिलेसम्म उनको ४३ वटा पुस्तकहरु प्रकाशित भएका छन्। त्यो पनि सबै अनुसन्धानमूलक।

जसमा नेपाली सेनाको इतिहास, पृथ्वीनारायण शाहको उपदेश भाग १ देखि ५ सम्म, श्री ५ त्रिभुवनको राज्यरोहण , गोरखाली विजय यात्रा लगायतका पुस्तकहरु छन्। अहिले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ रहेका उनी अघिल्लो कार्यकाल दर्शनशास्त्र विभाग प्रमुख थिए। अहिले सामाजिकशास्त्र विभाग प्रमुख रहेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

बुबाले नै स्थापना गरेका पाठशालामा पढेर बुबाले नै देखाएको बाटोमा अनवरत रुपमा ७१ वर्ष पुगिसक्दा पनि निरन्तर अनुसन्धान गरिरहेका दिनेश राज पन्तले बुबा नयराज पन्तको २०५९ साल कात्तिकमा निधन हुनुभन्दा १५ दिन अघिसम्म एक घण्टा पाठ पढेर सुनाउने र आधा घण्टा बुबाले भन्नुभएको कुरा टिपोट गर्ने गर्थे। आज कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन इतिहासकार प्राज्ञ दिनेशराज पन्तलाई हामीले उहाँले बुबालाई कसरी सम्झिनुहुन्छ भनी सोधेका छौं। बाँकी कुरा प्राज्ञ दिनेशराज पन्तकै भनाइमा:

बुबाको बारे मैले भनिरहनुभन्दा बुबाले गर्नुभएको कामले नै उहाँ नेपाली इतिहासको उत्खनन र तथ्यपरक सामाग्री पस्कनेमा अग्रणी स्थानमा हुनुहुन्छ भन्ने जनाउँछ।

आज बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंशी। पहिले यो कुशेँ औशीबारे केही बताउँछु। हामी सानो हुँदा बुबाको मुख हेर्ने खासै चलन थिएन। कुशे औंशीमा बुबाको र मातातिर्थ औंशीमा आमाको मुख हेर्ने चलन नेवार समुदायमा थियो। यद्यपि, अहिले पनि छ।

औंशीमा बुबा नहुनेले कुशे औंशी र आमा नहुनेले मातातिर्थ औंशीमा तर्पण दिने चलन हो हाम्रो। तर संस्कृतिको अन्तरघुलन भएपछि हिजोआज अन्य समुदायले पनि बुबा आमाको मुख हेर्ने चलन चलेको छ। बिस्तारै विवाह गरेर गएकी छोरीले बुबा आमालाई औंशीमा मुख हेर्न आउन थालेपछि बुबा आमाको मुख हेर्ने चलन नेवार समुदायमा मात्र रहेन। यो अन्यत्र पनि मिल्न गयो। म यसलाई संस्कृतिको अन्तरघुलन भएको भन्छु। कतिपय अन्य जातका संस्कृति पनि नेवार समुदायमा मिल्न गएका छन्।

आमा बुबा दुवै उहाँ
म पाँच वर्षको हुँदा अर्थात् २०११ सालमा मेरी आमा बुधकुमारीको निधन भयो। मलाई मेरी आमाको धेरै याद छैन। आमा बित्दा म पनि मामाघर डिल्लीबजार थिएँ। कान्छो मामाले यसकी आमा बितिहाली नरो भन्नुभएको थियो। मैले ‘म रोएको छैन’ भनी आँसु पुछेको थिएँ। दुवै छोराको ब्रतबन्ध नगरेकोले आमाको क्रिया गर्न ब्राह्मण बसेका थिए।

म १० वर्षको हुँदा मेरो ब्रतबन्ध भयो। बुबाले खोल्नुभएको पाठशाला महाबौद्धमा थियो। २०१६ सालदेखि म, मेरो दाई र अन्य साथीहरु त्यही गएर पढ्न थाल्यौँ। त्यो पाठशाला अन्यत्रको जस्तो आधुनिक शिक्षा होइन। त्यहाँ संस्कृत, गणित, व्याकरण लगायतको पढाइ हुन्थ्यो। शनिबार शिलालेखहरुको उत्खननको लागि जानुपर्दथ्यो। बुबाको पढाउने दुई सिद्धान्त थियो। पहिलो, पाठहरु कण्ठ पार्ने। दोस्रो, अनुसन्धानमूलक हुनुपर्ने। त्यसबेला देखि नै बिहान ६ बजेदेखि रातको १० बजेसम्म हाम्रो काम खानापिनबाहेक पढ्ने नै हुन्थ्यो।

एकाध घण्टा खेल्न गएको बुबालाई मन पर्दैनथ्यो। हाम्रो मुमा (हजुरआमा) हुनुहुन्थ्यो। २०२३ सालसम्म उहाँ जिवितै हुनुहुन्थ्यो। पढ्न, लेख्न, पढाउन, लेखाउनमा उहाँको बढी ध्यान जान्थ्यो। कहाँ जान्छन्, के गर्छन्, पढ्दैनन् कि भन्ने बुबालाइ लागिरहन्थ्यो। छोराहरुलाई मात्र होइन, छोरी बुहारीलाई समेत उहाँले पढ्न लेख्न लगाउनुहुन्थ्यो।

आमा बित्दा बुबा ४० वर्षको मात्रै हुनुहुन्थ्यो। उहाँलाई दबाब आए पनि दोस्रो विवाह गर्नुभएन। पहिले पहिले छ्यास्छ्यास्ती दोस्रो विवाह हुन्थे, त्यो पनि धुमधाम तरिकाले। तर बुबा कहिल्यै पनि दोस्रो विवाहमा जानुहुन्थेन। दोस्रो विवाह गर्नेलाई निन्दा गर्नुहुन्थ्यो। अन्य कुरा नबारे पनि विवाहमा चाहिँ जानुहुन्थेन। त्यो बानी ममा पनि लागू भएको छ।

बुबाले आमालाई धेरै प्रेम गर्नुहुँदो रहेछ भनेर उहाँले आमा बितेको १४ वर्षपछि लेखेको कविताबाट थाहा पाएको हुँ। कविताको एउटा श्लोक छ- तिमी गएको पनि १४ वर्ष भो, कता कता त्यो अघिको कुरा भो।

त्यस्तै एउटा कविता संस्कृतमा लेख्नुभएको थियो जसको सारांश थियो- म सामान्य ब्राह्मण परिवारको मान्छे। तिमी सम्पन्न परिवारको मान्छे। तिम्रा अन्य दामलीहरुका लोग्ने एकसे एक परेर हिड्थेँ। अन्य स्वास्नीमान्छेलाई जस्तै तिमीलाई पनि आफ्नो लोग्ने अरुतिर लाग्छ कि भन्ने लाग्थ्यो होला तर यो शंका दूर थियो। तिमी पनि पढिरहेकी थियौ। भानुभक्त्तको रामायाणको श्लोक पढी मलाई सुनाउँथ्यौ। तिम्रो र मेरो प्रेम बढ्दै थियो। तिमीले मेरो दारी चलाउँदैँ हजुर त युवक अवस्थामा नै बुढो हुनुभो भन्थ्यौ। तर आफ्नो गतिमा गएको मान्छेलाई के नै पो गर्न सकिन्छ र?

बुबाले आमाको सम्झना आएपछि तिमारुकी आमा बाँचिरहेकी भए यति वर्ष कि हुन्थी भन्नुहुन्थ्यो।

बुबाको दिदिबहिनी थिएनन्। बुबाले तिहारमा टिका मामाकी छोरी मक्खन दिदीमार्फत लगाउनुहुन्थ्यो। बुबाको किनमेलमा पनि मक्खन दिदीले सहयोग गर्नुहुन्थ्यो। बुबाले मक्खन दिदीले भनेको मान्नुहुन्छ भन्ने हजुरआमालाई लाग्थ्यो। मक्खन दिदी मार्फत नै बुबालाई अर्को विवाह गर्न भन्न लगाउनुभयो। मक्खन दिदीले भन्नुभएछ पनि। बुबाले पनि एउटा सर्तमा मात्रै हुन्छ भन्नुभएछ। मक्खन दिदिले सर्त भन् भन्नुभएछ। बुबाको सर्त थियो- मक्खन दिदीको श्रीमान् र छोरी दुवै बितेको हुनाले अर्को विवाह गर्नुपर्ने अनि बुबाले बल्ल विवाह गर्ने। मक्खन दिदीले कान थुन्नुभएछ र भन्नुभएछ- यस्तो पाप बोल्ने?

त्यसपछि बुबाले तिमीले विवाह गर्दा पाप हुने मैले गर्दा पाप नहुने कसरी हुन्छ भनेपछि उहाँलाई दोस्रो विवाह गर्ने भन्ने आँट कसैले गरेनछ।

पढ्नुको विकल्प पढ्नु
२०५९ साल कात्तिकमा बुबा बित्नुभयो। यही सालको असोज महिनाको एक दिन सदाझैँ बुबालाई एक घण्टा पाठ पढेर सुनाएर र उहाँले भन्नुभएको कुराहरु लेखेर एकैछिन बाहिर निस्केँ। सानै उमेरमा सुगर भएदेखि बिहान र साँझको समयमा म हिँड्ने गर्थें। त्यस दिन पनि मैले त्यही गरेको थिएँ। बुबाले मेरो भाउजु र श्रीमतीसँग सोधेको सोध्यै गर्नुभएछ- दिनेश कता गयो? 

म आएपछि बुबाको कोठामा गएँ। बुबाले संस्कृतमा भन्नुभयो, ‘मेरो यो अवस्था भइसक्यो। म मरेपछि कसले पढाउँछ तँलाई? अहिले त दिनको आधा घण्टा पाठ सुनाउँछस्। दिनको एक घण्टा सुना अबदेखि।’

त्यतिबेला मैले पढाउन थालेकै ३० वर्ष पुग्न आँटेको थियो।

त्यसपछि मैले बिहान एक घण्टा पाठ पढेर सुनाउँथेँ। हामीले पढ्ने, बुबाले किताब हेर्ने, बुबाले नहेरी पढ्ने, हामीले किताब हेर्ने चलन थियो। हामीले दुई दिन पढ्दा बुबाले तीन दिन नहेरी पढेर सुनाउनुहुन्थ्यो। म सानो हुँदा दिनको १२/१३ घण्टा र अलि ठूलो भएपछि १४ देखि १६ घण्टा सम्म पढ्थ्यौँ। यो क्रम अहिलेसम्म चलिरहेको छ। दाइ महेशराज बाहिरबाट आएको ४/५ दिन बुबाले केही भन्नुहुन्थेन। त्यसपछि भने महेश कहिलेदेखि पढ्न आउँछस् भन्नुहुन्थ्यो। तर दाजु पनि लगातार पढिरहनुहुन्थ्यो, पढिरहनुहुन्छ। त्यो बानी बुबाले नै लगाइदिनुभएको हो। 

सिनेमा हेरेको खेलेको बुबालाई मन पर्दैनथ्यो। गाह्रो पुस्तकको सट्टा सजिलो पुस्तक पढे हुन्थ्यो तर पढ्नुको विकल्प पढ्नु बाहेक अरु थिएन।

एक श्लोक भनेको एक रुपैयाँ 
हाम्रो घरमा दुई दिन श्लोक भन्ने दिन थियो, विशेष गरी। पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गते अर्को दैवज्ञशिरोमणि लक्ष्मपति पाँडेको जन्मजयन्ती बैशाख २७ गते विशेषगरी मनाइन्थ्यो। आफ्ना छोराहरु, छोरीहरु, नातिनातिना र केही शिष्यहरुको साथमा। श्लोक भनेर पैसा पाउनेमा बुहारीहरु, छोरीहरु र नातिनातिनाहरु थिए। श्लोक भन्ने पैसा पनि पाइने शाहाकारी खाना पेटभरि खुवाउने चलन थियो। म, दाजु र बुबाको अन्य शिष्यले भने पैसा पाउँदैनथियौं।

पृथ्वीनारायण शाहबारे ३ सय ८० श्लोक बुबाले लेख्नुभएको थियो। जसले सबै श्लोक नहेरी भन्न सक्थ्यो, त्यसले ३ सय ८० रुपैँया र १० रुपैँया दक्षिणा पाउँथ्यो। त्यो दिनमा दक्षिणा मिलाउने जिम्मा मेरो हुन्थ्यो। बिहान उठेर बुबा पूजापात त गर्नुहुन्थ्यो। तर धर्ममा बारे उहाँको भनाइ थियो- धर्म पुजा गर्ने कोठामा छोडेर बाहिर निस्कन पर्छ।

बुबालाई धर्मको नाममा विवाद गरेको मन पर्दैनथ्यो। राजनीतिमा बुबाको उतिकै दक्षता थियो। गोप्य मतदान गर्नुपर्छ। शासकले झुठ बोल्यो भन्दैमा विद्वानले झुठो बोल्न हुँदैन भन्नेमा बुबा दृढ हुनुहुन्थ्यो। बुबा भन्नुहुन्थ्यो- शासकले चुनावमा लड्न झुठ बोलेको हुन सक्छ तर विद्वानले नजानेको कुरा जानेको छु भन्न हुँदैन। जानेको कुरालाई दृढताको साथ भन्नुपर्छ।

बुबा मेरो गुरु पनि 
कालान्तरमा बुबाले नियमित रुपमा ३३ वटा पुस्तक पढ्नुहुन्थ्यो। जसमा कौटिल्य अर्थशास्त्र, अष्टाध्यायी, रघुवंश, अमरकोश, हर्षचरित, भट्टिकाय, वेदाङ्ग ज्यौतिष, सूर्य सिद्धान्त अल्माजेष्ट, खण्डखाद्यक, त्रिकोणमिति बीजगीत, चलगीत, वेद, संविधान, इतिहास, भागवत गीता, काव्यादर्श, ग्रह गणित, समरसार, अभिलेख संग्रह आदि थिए। बुबा नियमित लेखन पनि गर्नुहुन्थ्यो। हामीलाई लेखाउनुहुन्थ्यो।

बुबालाई नेपाली, हिन्दी, अंग्रेजी, संस्कृत, मैथिली, भोजपुरी, नेवारी भाषा आउँथ्यो। उहाँलाई मराठी पनि आउँथ्यो। शुद्ध लेख्नुपर्ने, शुद्ध बोल्नुपर्ने बुबाको नियम थियो। यो नियम मैले पनि सकेसम्म पालना गरेको छु।

बिहान उठेदेखि नसुतुञ्जेलसम्म पढ्ने विषयबस्तु बुझ्ने र त्यसलाई शुद्ध तरिकाले लेख्न बुबाले नै सिकाउनु भयो। मलाई सधैं लाग्ने गर्छ, बुबाले भने जति मैले पढ्न सकिनँ। मेरो बुबा बुबा मात्रै होइन, मेरो गुरु पनि हो। गुरुभन्दा माथि केही छ भने पनि उहाँ नै हो।
 
विद्या बिना देश विकास हुन्न 
केही विद्वानहरु शिक्षाले पनि विकास हुन्छ भन्थे। तर बुबाले शिक्षा बिना विकासै हुँदैन भन्नुहुन्थ्यो। विद्या नभएर नै हाम्रो देश पछि परेको हो भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो। आधुनिक शिक्षामा बुबाको बिमती थियो। जसलाई त्रिखण्डे भन्नुहुन्थ्यो। सय पूर्णांकमा ३५ ल्याए पास हुने त्रिखण्डे शिक्षाले अड्डामा जागिर खाने त बनाउँछ तर विद्वान बनाउँदैन भन्नेमा बुबा दृढ हुनुहुन्थ्यो।

अनुसन्धान बिनाको शिक्षा कामै नलाग्ने हुन्छ भन्ने उहाँको भनाइ थियो। उहाँको लागि अन्य कुरा सेकेण्डरी थियो तर पढाइ पहिलो प्राथमिकतामा थियो। म १० वर्षको हुँदा देखि नै बुबाको सेक्रेटरी जसरी बसें। उहाँको चिठी लेखिदिने देखि दारी काट्ने सम्मको काम गरे। उहाँले सोचे जति पढ्न त सकिन होला तर अझै पनि किताब पल्टाउँदा बुबालाई नै सम्झिन्छु। उहाँले देखाउनुभएको बाटोमा अनवरत रुपमा लागिरहेको छु।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्