काठमाडौं- सेवाग्राहीसँग ८० हजार घुस लिएका जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बाराका सब–इन्जिनियर गजेन्द्रप्रसाद जायसवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। मंगलबार आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
जायसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार लिँदै गर्दा अख्तियारले पक्राउ गरेको थियो।
आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले जायसवाललाई ८० हजार रुपैयाँसहित पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले रकम लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, बिगो र जरिवाना हुनुपर्ने माग आरोपपत्रमा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।