काठमाडौं- मकवानपुरमा प्रहरीमाथि खुकुरी प्रहार भएको छ। खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई खुकुरीसहित प्रहरीले पक्राउ गरेको छ।
हेटौंडा उपमहानगरपालिका-६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेका केही व्यक्तिहरूले घरघरमा ढुंगा हानी होहल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट प्रहरी खटिएको थियो।
होहल्ला भएको ठाउँमा प्रहरी पुग्दा रामनगर बस्ने २६ वर्षीय भक्तराम राउतसहित ४ जनाले प्रहरीमाथि नै खुकुरी प्रहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
खुकरी प्रहारबाट घाइते भएका एक जना प्रहरी सहायक निरीक्षकलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।