मुम्बई -इन्डियन प्रिमियर लिग (आईपिएल)मा मुम्बई इन्डियन्स् घरेलु मैदानमै पराजित भएको छ। सनराइजर्स हैदरावादले एक सय १९ रनको झिनो लक्ष्य दिएकोमा मुम्बई ८७ रनमै अल आउट हुन पुगेको हो।
मुम्बईका लागि दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके। सूर्य कुमार यादब र क्रुनाल पाण्डे बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेन। जसकारण उसले लज्जास्पद पराजय बेहोर्न पुग्यो। हैदरावादका बलरको उत्कृष्ट प्रदर्शनका सामु मुम्बई निरिह बन्न पुग्यो।
मुम्बई १८.५ ओभरमा अलआउट हुँदा हैदरावाद ३१ रनले विजयी भयो। आईपिएलमा ६ खेल खेलेको मुम्बईले १ वटा मात्र खेल जितेको छ। उ सातौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।