भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले गत वर्षको एसइई नतिजाको पुनर्योग र ग्रेडवृद्धि परीक्षा संचालन नगर्ने भएको छ। परीक्षाफल प्रकाशनसम्बन्धी विज्ञप्ति जारी गर्दै बोर्डले २०७६ सालको परीक्षामा सहभागी हुन योग्य उम्मेदवारका लागि पुनर्योग र ग्रेडवृद्धि परीक्षा संचालन नगरिने जानकारी गराएको हो।
बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सोमबार नै सार्वजनिक गरेको हो। कोभिड–१९ का कारण गत चैत ५ गते एसइई परीक्षा स्थगित भएको थियो।
बोर्डका प्रवक्ता दुर्गाप्रसाद अर्यालले एकै प्रकारका प्रश्नपत्र नभएको हुनाले कुन विद्यालय उत्कृष्ट कुन कमजोर भन्ने नछुट्याइएको र विद्यालयले पठाएको नतिजालाई नै बोर्डले प्रमाणीकरण मात्र गरेको बताए।
एसइईमा करिब ४ लाख ८२ हजार परीक्षार्थी सहभागी हुने तयारीमा थिए। कोरोना भाइरस संक्रमणका कारण यसवर्ष विगत जस्तो देशव्यापी रूपमा एकैपटक परीक्षाका कार्यक्रम भने संचालन भएनन्। विद्यालयले नै गरेको मूल्यांकनलाई बोर्डले प्रमाणीकरण गरेको हो।
परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन। परीक्षाफल प्रकाशन गर्दा कुनै त्रुटी भए सच्याउनका लागि विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय आउनैपर्ने बाध्यात्मक व्यवस्था समेत हटाइएको छ।
नतिजा प्रकाशन भएको ३५ दिनभित्र विद्यार्थीले फारम भरेर इकाइमा बुझाएपछि इकाइले नै त्रुटी सच्याएर विद्यालयमा पुर्याउने व्यवस्था गरिएको बताइएको छ।
एसइई रिजल्ट हेर्ने तरिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।