काठमाडौं– नेपाली राष्ट्रिय टिमका मिडफिल्डर रोहित चन्द आवद्ध इन्डोनेसियन क्लब पेर्सिजा जाकार्ता एएफसी कप आसियन क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ।
पेर्सिजाले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरको क्लब ताम्पिन्स रोभर्समाथि ४–२ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।
पेर्सिजाको जितमा रेजाल्दी हेहानुसाले २३, मार्को सिमिकले ४६, नोभी स्टेवानले ५१ र एडिसनले ७२ मिनेटमा गोल गरेका थिए। नेपाली मिडफिल्डर चन्दले एडिसनलाई गोल गर्न पास उपलब्ध गराएका थिए। ताम्पिन्सका लागि जार्डान वेभले २७ र फर्जुल नवाजले ८० मिनेटमा गोल गरेका थिए।

जितसँगै पेर्सिजा समूह 'एच' शीर्ष स्थानमा रहदै आसियान क्षेत्रको अन्तिम चारमा स्थान पक्का गरेको हो। पेर्सिजाले ६ खेलमा ४ जित निकाल्दा समान १–१ खेलमा बराबरी र हार बेहोर्यो। समूहको दोस्रो स्थानमा रहेको भियतनामको सङ्ग लामले १० अंक जोड्यो। १० अंक नै जोडेको मलेसियाको जोहार दरुल गोलअन्तरमा पछि पर्दै तेस्रो बन्यो। सिंगापुरको ताम्पिन्सले १ अंक मात्र जोड्न सक्यो।
भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।