काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापा बादललगायतको फेसबुक 'प्रोफाइल पिक्चर' मा 'जस्टिस फर निर्मला' भन्दै कमेन्ट गर्न थालिएको छ।
दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई न्याय दिनुपर्ने माग त्यतिबेलैदेखि उठिरहेको छ। तर, उनका अपराधी पत्ता लाग्न सकेको छैन।
सडक आन्दोलनदेखि अन्य कैयौं प्रकारका आन्दोलन चलिसकेको अवस्थामा नयाँ खालको अभियान सुरु भएको हो। सयौंको संख्यामा उस्तै खालका माग राखेर कमेन्ट सुरु गरिएको हो।
प्रधानमन्त्री र गृहमन्त्रीका अतिरिक्त अन्य केही नेता, नेपाल प्रहरी, केही मिडियाका प्रोफाइल पिक्चरमा निर्मलाका निम्ति न्याय माग्दै कमेन्ट गरिएका छन्। पछिल्ला कमेन्टहरु यही विषयमा केन्द्रित भएर गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।