काठमाडौं– एसियन भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन प्रतियोगितामा नेपालले बुधबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको मिरपुरमा दिउँसो ३ बजे हुने सेमिफाइनलमा नेपलाले बलियो टिम तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
डिफेन्डिङ च्याम्पियन किर्गिस्तानलाई हराएको तुर्कमेनिस्तान उच्च मनोबलमा छ। समूह विजेता बनेको तुर्कमेनिस्तानले उज्वेकिस्तानलाई पनि पाखा लगाएको थियो।
समूह उपविजेता बनेको नेपालले माल्दिल्सलाई हराएको थियो भने आयोजक बंगलादेशसँग पराजित भएको थियो। बंगलादेश उड्नुअघि उपाधि जित्ने लक्ष्य बनाएको नेपालका लागि सेमिफाइनलमै तुर्कमेनिस्तानलाई हराउनु अवसर र चुनौती दुवै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।