काठमाडौं-लक्ष्मण तामाङको हत्यामा संलग्नलाई प्रहरीले १२ घण्टा नबित्दै पक्राउ गरेको छ। तामाङको हत्यामा संलग्नलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए। पक्राउ परेकाहरुको विवरण भने गोप्य राखिएको छ।
शुक्रबार बेलुका मनमैजुको मितेरी पुलनजिक छुरा प्रहार गरेर नुवोकाटका लक्ष्मण तामाङको हत्या गरिएको थियो।
छुरा प्रहारबाट गम्भीर घाइते भएका लक्ष्मणको उपचारका लागि ग्रिनसिटी अस्पताल लैजाँदैे गर्दा मृत्यु भएको थियो। मादक पदार्थ पिउने क्रममा लक्ष्मण र दोर्जे शेर्पा समूहका युवाहरुबीच विवाद हुँदा छुरा प्रहार भएकाे प्रहरीले जनाएाकाे छ। त्यसक्रममा गम्भीर घाइते भएका लक्ष्मणको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।