काठमाडौं- मनमैजुको मितेरी पुल नजिक छुरा प्रहार गरेर एक युवकको हत्या गरिएको छ। महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार छुरा प्रहारबाट लक्ष्मण तामाङको मृत्यु भएको हो।
छुरा प्रहारबाट गम्भीर घाइते भएका लक्ष्मणको उपचारका लागि ग्रिनसिटी अस्पताल लैजाँदैे गर्दा मृत्यु भएको हो। महाशाखाका अनुसार लक्ष्मण र दोर्जे शेर्पाका समूहका तीन तीन जना युवाहरु मादक पदार्थ पिउँदै थिए। मादक पदार्थ पिउने क्रममा उनीहरुबीच विवाद हुँदा छुरा प्रहार भएपछि गम्भीर घाइते भएका लक्ष्मणको मृत्यु भएको हो।
छुरा प्रहार गर्ने दार्जेलगायतका व्यक्ति फरार भएको र उनीहरुको खोजी सुरु गरिएको महाशाखा स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।