काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को नाम लिँदै ठगी गर्ने एक पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा आलोचना साप्ताहिकका संवाददाता शंकरप्रसाद अधिकारी रहेको सिआइबीका प्रवक्ता वेलबहादुर पाण्डेले बताए।
धादिङको निलकण्ठ नगरपालिका–१४ घर भएका अधिकारी काठमाडौं–३ बसुन्धारा बस्दै आएका थिए। उनले काठमाडौंकै एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको छ, उक्त मुद्दा सदर भई पक्राउका लागि सिआइबीलाई समेत पत्राचार भएको र सिआइबीको मुद्दा हेर्ने प्रहरी निरीक्षकलाई मुद्दा रद्द गरिदिने भन्दै पाँच लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ।
सिआइबीका इन्सपेक्टरले पाँच लाख दिएपछि रद्द गर्ने बताउँदै उनले ती व्यवसायीबाट ५ लाख रुपैयाँ लिएको पाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।