काठमाडौं– बन्द अवस्थामा रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउन काठमाडौं १६ वडा कार्यालयले अस्पताल सञ्चालकलाई आग्रह गरेको छ।
१६ वडा क्षेत्रभित्र समेत संक्रमण बढिरहेकाले सञ्चालनमा ल्याउन वडाध्यक्ष मुकुन्द रिजालले आग्रह गरेका हुन्। अस्पताल सञ्चालनका लागि कुनै समस्या उत्पन्न भएमा आवश्यक सहयोग उपलब्ध गराउने समेत उनले प्रतिबद्धता जनाएका छन्।
अस्पताल सञ्चालन गरी कोरोना संक्रमणको सम्भावित जोखिमलाई कम गर्न उनले आग्रह गरेका छन्। बन्द अस्पताल सञ्चालनको सहयोगका लागि वोधार्थ स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्याल काठमाडौं, काठमाडौं महानगरपालिकालाई गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।