प्रतिकात्मक तस्बिर
काठमाडौं- भन्सार छलेर दक्षिण सीमा भारतबाट नेपाल प्रवेश गराउन लागिएका भैंसी नियन्त्रणमा लिन रौतहट प्रहरीले १४ राउन्ड हवाई फायर गरेको छ।
भारतबाट अवैध रुपमा भैंसी ल्याएको सूचनाका पाएपछि नियन्त्रण गर्न गएको प्रहरी टोली र भैंसी ल्याउने व्यापारीबीच झडप हुँदा १४ राउन्ड हवाई फायर गर्नु परेको रौतहटका एसपी रविराज खड्काले बताए।
हवाई फायर गरेपछि व्यापारीबाट प्रहरीले भैंसी भने नियन्त्रण लिन सकेन। प्रहरीलाई देखेपछि व्यापारीको केही समूले भैंसी धपाउँदै अन्यत्र लगेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।