काठमाडौं- सरकारले बौद्धदर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको सदस्यमा आनि छोईङ डोल्मालाई नियुक्त गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री याेगेशकुमार भट्टराईले डोल्मालाई बिहीबार नियुक्त गरेका हुन्।
बौद्धदर्शनको संरक्षण, विकास गर्न र बौद्ध धर्म संस्कृतिको संवर्द्धन, गुम्बा तथा विहारहरुको संरक्षण र गौतम बुद्धको शान्तिका सन्देशलाई मानवहितको लागि उपयोग गर्ने समितिको लक्ष्य छ।
गुम्बाहरुको जीर्णोद्धार र बौद्ध दर्शन, धर्म, संस्कृति, कला तथा भाषाको संंरक्षण र देशमा भएका गुम्बाहरु, विहारहरु तथा लामा, भिक्षु, भिक्षुणीहरुलाई आत्मनिर्भर बनाउन समितिले काम गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।