• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काठमाडौं उपत्यकामा कोरोना : दैनिक सयभन्दा बढी थपिँदै, बढ्दै होम आइसोलेसनमा बस्ने संक्रमित

लक्षण भएका संक्रमित उल्लेख्य
64x64
दुर्गा दुलाल बिहीबार, साउन २९, २०७७  १५:५५
1140x725

काठमाडौं- साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ बाट लागू हुने गरी लकडाउन अन्त्य गरेसँगै काठमाडौँ उपत्यकामा संक्रमणको ग्राफ द्रुततर गतिमा उकालो लाग्दै आएको छ। पछिल्लामा दिनमा संक्रमितको हुनेको मात्र नभएर मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ। 

बुधबार दिउँसो सवा ४ बजे नेपालमा ८ जना कोराना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङमा जानकारी गराएको छ। यसरी ज्यान गुमाउनेमा धनुषाका तीन, काठमाडौंका एक, धादिङका एक, सप्तरी राजविराजका एक, कपिलवस्तुका एक जना र बाराका एक जना रहेको मन्त्रालयले जनाएको थियो। 

नेपालमा साउन २० गतेदेखि २८ गतेसम्म ३६ जनाको मृत्यु भएको छ। ३६ मध्ये १७ जनाको मृत्यु उपत्यकाका अस्पतालहरूमा भएको छ। यसरी हेर्दा ज्यान गुमाउनेको संख्या काठमाडौमा लगातार उकालो लाग्दै गएको देखिएको छ। उपत्यकाका अस्पतालमा ज्यान गुमाउनेमध्ये धेरैजसो बाहिरी जिल्लाका रहेको मन्त्रालयले जनाएको छ।

६० प्रतिशत संक्रमित लकडाउन खुलेपछि उपत्यका छिरेका व्यक्ति
साउन ५ गते काठमाडौं उपत्यकामा तीन जना संक्रमित थपिएका थिए। दुई जना काठमाडौं र एक जना ललितपुरमा संक्रमित भेटिएका थिए। काठमाडौं उपत्यकामा प्रत्येक दिन एक सयभन्दा बढी संक्रमित भेटिन थालेको थालेको पनि निकै दिन भइसकेको छ। 

बुधबार (हिजो) काठमाडौं उपत्यकामा १३८ संक्रमित थपिएका थिए। मंगलबार उपत्यकामा १३४ जना थपिए। यसरी थपिएका संक्रमित मध्ये धेरैजसोमा कोभिड-१९ को लक्षणसमेत भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ। 

यसरी दैनिक रूपमा संक्रमितहरूको संख्या बढ्दे गए पनि संक्रमितहरुको खोजिनीति गर्ने सम्बन्धित निकाय भने अलमलमा देखिन थालेको छ। उदाहारणका लागि गत साताको एउटा घटना हेर्दा प्रष्ट हुन्छ। भारतको विहारबाट २९ वर्षीय एक युवक काठमाडौं आइपुगे। नागढुंगा नाकामा उनको स्वाब संकलन गरियो। पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आयो। पोजेटिभ आएको व्यक्ति खोजी शुरु भयो तर उनीसँग सम्पर्क हुन सकेन। 

उनले टिपाएको नम्बरमा फोन गर्दा सम्पर्क भएन। काठमाडौमा कवाडी काम गर्ने उनी दुई दिनसम्म नियमित काममा हराए। ती युवक दुई दिनपछि सार्वजानिक यातायात चढेर टेकु अस्पतालको सम्पर्कमा पुगे। अनि मात्र उनलाई अस्पताल भर्ना गरियो। उनको सम्पर्कमा पुगेका मानिसहरूको न कन्ट्याक ट्रेसिङ भयो, न स्वाब संकलन।  

पछिल्लो समय काठमाडौं, भक्तपुर र ललितपुरमा यस्ता घटना दोहोरिन थालेको सम्बन्धित जिल्लाका जिल्ला जनस्वास्थ्य अधिकारीहरू बताउँछन्।  

Ncell 2
Ncell 2

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार  साउन १५ गतेदेखि २५ गतेसम्म ४७६ जना संक्रमित  उपत्यकामा फेला परेकामध्ये २७२ जना उपत्यकाबाहिरबाट आएका व्यक्ति हुन्। यी मध्येपनि १७ जना भारतबाट काठमाडौ आएका  मानिस थिए।

काठमाडौं अर्को हटस्पट! 
पछिल्लो समय वीरगञ्ज र विराटनगर कोरोना संक्रमणको हटस्पट बनेको छ। अब उपत्यका पनि त्यही बाटोमा जान लागेको त होइन भनी चिन्ता व्यक्त हुने क्रम पनि बढ्दै गइरहेको छ। 

काठमाडौमा साउन ५ गतेसम्म ३७३ जना मात्र कोरोना संक्रमित पुगेका थिए। अहिले १४ सयको हाराहारीमा पुगेको छ। २३ दिनमा उपत्यकामा एक हजार ३७ संक्रमित थपिएका छन्।  

कसरी बढ्यो उपत्यकामा संक्रमण?
काठमाडौंमा कोरोना संक्रमितको संख्या वृद्धि हुनुमा मुख्य कारण बढी प्रभावित क्षेत्रबाट आएका मानिसहरुको उचित व्यवस्थापन नभएको देखिन्छ। विभिन्न क्षेत्रबाट आएका मानिसहरूको उचित व्यवस्थापन नहुनु र उनीहरूले सुरक्षाका उपाय नअपनाउदा संक्रमण थप फैलिएको देखिन्छ। भारतबाट आएका मानिसको समेत परीक्षण नगरी घुम्न दिँदा अन्य मानिसमा पनि सरेको जनस्वास्थ्यविद् डा समीरमणी दीक्षितले बताए। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डे पनि सीमा नाकामा कडाइ र उपत्यका प्रवेश व्यवस्थित नहुँदा संक्रमण फैलिएको स्वीकार गर्छन्। 

‘सामाजिक दुरीको पालाना र मास्क लगाउने काम नभएकाले पनि उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ,’ महाशाखा प्रमुख डा पाण्डेले भने, ‘यसरी नै नागरिकहरू अनियन्त्रत हुने हो भने संक्रमण नियन्त्रणबाहिर जान सक्छ।’ 

वीरगञ्ज र विराटनगरमा पनि भारतबाट लुकिछिपी आउनेहरूका कारण संक्रमणले भयावह रूप लिइरहेको छ। डा दीक्षित काठमाडौंको समुदायमा कोरोना संक्रमण फैलिएको कुरामा भने विश्वास गर्न नसकिने बताउँछन्। ४० लाख मानसिको बसोबास रहेको काठमाडौंमा ४ लाख मानिसमा संक्रमण भएको पुष्टि भए मात्र समुदायमा फैलियो भनेर आत्तिनुपर्ने अवस्था हुने उनले बताए।  ‘काठमाडौमा अनियन्त्रित रूपमा आउने क्रम जारी छ। संक्रमित बिना परीक्षण आएका छन्। उनीहरु खुल्लमखुल्ला रुपमा हिँडेको मैले देखेको छु,’ दीक्षितले भने, ‘लाखौँ मानिस संक्रमित जिल्लाबाट आएका छन्। उनीहरुको परीक्षण हुन पर्‍यो।’

काठमाडौंमा जनवरीदेखि नै संक्रमण देखिएकाले २ हजार नजिक पुग्नेबित्तिकै आत्तिनुपर्ने अवस्था भने नभएको तर सर्तक भने हुनुपर्ने उनको भनाइ छ। ‘यही संख्यामा आधारमा व्यापक छ भन्ने कि नभन्ने,’ उनले भने, ‘हुन त परीक्षण नै पर्याप्त भएको छैन, परीक्षण नहुँदा देखिएको थिएन। अहिले परीक्षण बढ्यो दैनिक सयको संख्यामा थपिएको देखिन थाल्यो।’ 

चिकित्सक र स्वास्थ्यकर्मीमा बढ्दै संक्रमण 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार साउन २६ गतेसम्म नेपालमा विभिन्न पेशाका ३२० जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये सबैभन्दा धेरै चिकित्सक, नर्सलगायतका १६२ स्वास्थ्यकर्मी छन्। 

त्यस्तै स्वास्थ्यकर्मीपछि सुरक्षाकर्मीमा बढी संक्रमण देखिएको छ। नेपाल प्रहरीका ७७ र नेपाली सेनाका ३६ कर्मचारी र ४ एम्बुलेन्स चालकलाई संक्रमण देखिएको छ। काठमाडौंमा प्रहरी मुख्यालय नक्साल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धेरै संक्रमित एकैपटक फेला परेका छन्। आयोगका उच्च पदाधिकारीसहित ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

त्यसबाहेक राजनीतिज्ञ, सुरक्षागार्ड, विभिन्न फ्याक्ट्रीका कर्मचारी, विभिन्न कार्यालयका कार्यलय सहयोगीमा समेत संक्रमण देखिएको छ। नेकपाका अध्यक्ष पुष्पकमल दाहालका सुरक्षाकर्मीदेखि सभामुख अग्नि सापकोटाको सुरक्षाकर्मीसम्म संक्रमण देखिएको छ। त्यस्तै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको निजी सुरक्षाकर्मीलाई पनि कोरोना देखियो। 

कति छन् बेड? कति आइसोलेसन?
कोरोना संक्रमितको उपचारका लागि तोकिएका उपत्यकाका १० सरकारी अस्पतालमा २ हजार ८६८ जनरल बेड, ३५१ आइसोलेसन बेड, १६३ आइसियू बेड र ८७ भेन्टिलेटर छन्। तर यी अधिकांश बेड भरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

त्यसैगरी, उपत्यकाका निजी अस्पताल र मेडिकल कलेजमा ३ हजार ५०३ जनरल बेड, १९४ आइसोलेसन, २९१ आइसियू बेड मात्र कोरोना उपचारका लागि छुट्याइएको छ। यी अस्पतालमा १३६ भेन्टिलेटर छन्।  मन्त्रालयका अनुसार १० सरकारी र १० निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार भइरहेको छ।  

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि मन्त्रालयले यसअघि नै अस्पतालमा बेड अभाव हुन सक्ने भन्दै सचेत हुन आग्रह गरिसकेको छ। लकडाउन अन्त्य भएपछि उपत्यकामा आउने मानिसको संख्या बढेसँगै संक्रमितको संख्या पनि बढिरहेको छ।  

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड राम्ररी पालना नहुँदा संक्रमण बढ्दै गइरहेको छ। 

होम आइसोलेसनमा संक्रमित
मंगलबार मात्रै सरकारले कोरोना संक्रमण पुष्टि भएका ६८ जनालाई एकैपटक होम आइसोलेसनमा राख्यो। मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हाल सक्रिय संक्रमित मध्ये ३९८ जना होम आइसोलसनमा रहेका छन्। डा पाण्डेले कुनै पनि लक्षण नदेखिएका ६० प्रतिशत होम आइसोलेनमा रहेको बताए। मन्त्रालयका तथ्यांकअनुसार साउन २२ गते १४, साउन २३ गते ६८, साउन २४ गते २१, साउन २५ गते ६३ साउन २६ गते ४१ , साउन २७ साउनमा ५३ जनालाई होम आइसोलसनमा राखिएको छ।  

सम्पर्कविहीन संक्रमित
कोरोना परीक्षणपछि सम्पर्कविहीन हुने संक्रमितको संख्या वृद्धि भएको मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा गरिएको स्वाब संकलनमा पोजेटिभ रिपोर्ट आउनेहरू बढीजसो सम्पर्कविहीन हुने गरेका छन्। 

हालसम्म ४४ जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। परीक्षण गर्दा  टिपाएको नम्बरमा फोन नलाग्ने, लागेपनि नउठाउने, स्वीच अफ गर्ने र फोन लागेपछि स्विच अफ गर्ने घटना देखिएको मन्त्रालयका एक कर्मचारीले बताए।

उपत्यकाका कुन ठाउँमा छन् संक्रमित?
महाशाखाको तथ्यांकअनुसार भक्तपुरमा चाँगुनारायण नगरपालिकाका केही ठाउँमा संक्रमित भेटिएको छ।  सूर्यविनायक नगरपालिका र भक्तपुर क्यान्सर अस्पतालमा पनि संक्रमित भेटिएका छन्। भक्तपुरको ब्याँसी, चागुनारायण, कमल विनायक, गठ्ठाघर, कौशलटार, बालकोट, बोडे, भोलाछे, बागेश्वरी, सुर्यमढी र नयाँ ठिमी लगायतका ठाउँमा संक्रमण भेटिइएको छ। 

त्यस्तै ललितपुरको ठैब, लुभु, बुङमती, महालक्ष्मीस्थान, हरिसिद्धि, गोदावरी, सुनाकोठी, धापाखेल, सानेपा र खुसिबुमा पछिल्लो एक सातामा संक्रमण देखिएको छ। त्यस्तै भैंसेपाटी, टीकाथली, नखिपोट, थसिखेल, हात्तीवन र चापागाउँमा संक्रमित भेटिएका छन्।

काठमाडौंमा चन्द्रागिरि, कपन, शंखमूल, कीर्तिपुर, नयाँ बानेश्वर, मैतिदेवी, कुलेश्वर र पुरानो बानेश्वरमा पछिल्लो पटक संक्रमित भेटिएका छन्। त्यस्तै साँखु, बौद्ध, बागबजार, बालुवाटार, महाराजगञ्ज, कागेश्वरी, टोखा, कपुरधारा, कलंकी, तारकेश्वर, सीतापाइला, धापासी, गोकर्णेश्वर लगायतका ठाउँमा पनि संक्रमित भेटिएका छन्।  

यस्तो छ काठमाडौंको हाइलाइट
होम आइसोलेनमा- ३८९ 
सम्पर्कविहीन- ४४
होटलमा- ४ जना  
घरमा-१७४
लक्षण भएका-४१४ 
लक्षण नभएका-८७० 

काठमाडौँ-११६७
ललितपुर- १८० 
भक्तपुर-१०४
अन्य जिल्लाका-२०६ 
उपत्यका बाहिरका संक्रमित-१०८ (काठमाडौमा  बस्ने व्यवस्था भएको उल्लेख नभएको) 

महिला-४४२ 
पुरुष-१०७७

ट्राभल हिस्ट्री भएका-४६७ (३० प्रतिशत) 
ट्राभल हिस्ट्री नभएको-७८१ 
ट्राभ हिस्ट्री भए/नभएको नुखलेको-२७१

प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता बुधबार, मंसिर २४, २०८२
एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत २,००० बढी शैक्षिक सामग्री वितरण गर्ने बुधबार, मंसिर २४, २०८२
सर्वाेत्तम सिमेन्ट कोनिःशुल्क स्वास्थ्य शिविर बुधबार, मंसिर २४, २०८२
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु बुधबार, मंसिर २४, २०८२
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँ : प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल-: क्वालिफायर १ मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्