पोखरा- मोटरसाइकल तथा स्कुटर चोरी गर्ने तीन जना पक्राउ परेका छन्। पोखरा उपत्यका र आसपासका स्थानबाट विभिन्न समय र स्थानबाट मोटरसाइकल र स्कुटर चोरी भाग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार राती १ बजेको समयमा स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
एक स्कुटर चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूबाट थप दुई वटा चोरीका स्कुटरसमेत बरामद भएको प्रहरीले उल्लेख गरेको छ। यसका साथै ५ थान मोबाइल सेटसमेत फेला परेको छ।
पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाविस-४ स्थायी घर भई पोखरा लेखनाथ-३ नदीपुर बस्दै आएका १९ वर्षीय सन्दिप श्रीमल, पोखरा लेखनाथकै २ जना १५ वर्षीय छन्।
उनीहरूलाई चोरी तथा डाँका कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।