काठमाडौं- नक्कली भाञ्जा खडा गरेर अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा पक्राउ परेका सबैलाई धरौटीमा रिहा गर्न ललितपुर जिल्ला अदालतले आदेश गरेको छ।
उक्त मिर्गौला प्रत्यारोपण प्रकरणमा पक्राउ परेकाहरूलाई २० हजारदेखि ४ लाख रुपैयाँसम्म धरौटी माग गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ।मिर्गौलाको अवैध प्रत्यारोपण प्रकरणमा प्रहरीको मानव बेचबिखन ब्यूरोले १४ जनालाई पक्राउ गरेको थियो भने सोही प्रकरणमा संलग्न भएका ७ जना फरार छन्।
मिर्गौला लिने व्यक्तिसँग अदालतले २० हजार धरौटी माग गरेको छ। चितवन मेडिकल कलेजका दुई चिकित्सक, कानूनी सल्लाहकार, जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत, ललितपुर महानगरपालिका ३ का वडाध्यक्ष र जिल्ला प्रशासन कार्यालय ललितपुरका दुई कर्मचारीसँग जनही ५० हजार धरौटी माग गरेको हो।
त्यस्तै जमुना राजभण्डारी, रेश्मा राई, योगेन्द्र थपलियासँग जनही ४ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।