काठमाडौं- एसिड आक्रमणका घटनामा वृद्धि भएको भन्दै स्वतन्त्र रूपमा एसिड आक्रमणविरुद्ध एकता अभियान घोषणा भएको छ। विद्यार्थी समूहले सामाजिक सञ्जालबाटै उक्त अभियानको घोषणा गरेका हुन्।
अभियानले कुनै पनि राजनीतिक दल, सरकारी वा गैरसरकारी संस्थाहरूको प्रतिनिधित्व नगर्ने अभियानका आबद्ध सदस्यहरूले बताएका छन्।
कोभिड-१९ का कारण भौतिक रूपमा अभियान सञ्चालन गर्न नसकिने भएकोले ‘टुगेदर अगेन्स्ट एसिड अट्याक’नामक फेसबुक समूह बनाई सक्रिय रूपमा सञ्चालनमा भइरहेको छ। उक्त अभियानमा सबैले स्वतन्त्र रुपमा सहभागी हुन सकिने आयोजक समितिले जनाएको छ।
केही वर्ष यता नेपालमा तेजाब आक्रमणका घटनाले बढ्दो रूप लिएको छ।
अभियानका माग
- तेजाब जस्ता रसायनहरूको खुला र अनियमित बिक्रीवितरणका लागि कडा नियमन गर्नुपर्ने
- नेपालको फौजदारी संहिता २०७४ को धारा १९३ मा उल्लेखित 'कसुरदारलाई अधिकतम ८ वर्षको सजायलाई' संशोधन गरी सोही संहिताको धारा ४१ बमोजिमको जन्मकैदको सजाय हुनुपर्ने
- तेजाबप्रहारको मुद्दाहरूको लागि अदालतबाट फास्ट ट्र्याक प्रक्रियाअन्तर्गत मुद्दाको किनारा लगाइनुपर्ने लगायत छन्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।