काठमाडौं- मुद्दाकाे पेसी ताेक्ने विषयमा अपारदर्शिता र चलखेल हुने गरेको भन्दै चाैतर्फी विवाद भएपछि सर्वाेच्च अदालतले एक अध्ययन समिति गठन गरेकाे छ। बुधबार सर्वोच्चले अध्ययन समिति गठन गरेको जानकारी दिएको हो।
नेपाल बार एसोसियसनले पेसी ताेक्ने कार्यमा अनियमितता हुने गरेकाे भन्दै प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई ध्यानाकर्षण गराएकाे थियाे।
स्वचालित मुद्दा ताेक्ने विषयमा अध्ययन गर्न वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीकाे संयाेजकत्वमा समिति गठन भएकाे हाे। समितिमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वभरम्भवर श्रेष्ठ, नेपाल बार र महान्यायाधिवक्ताकाे कार्यालयकाे प्रतिनिधि रहने छन्।
अध्ययन गरी प्रतिवेदन बुझाउन सिमितिले एक महिनाकाे समय पाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।