काठमाडौं- गृह मन्त्रालये केही प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ। साउन २६ मा बसेको मन्त्रिस्तरीय बैठकले सिडिओको हेरफेर गरेको हो।
धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पर्साको सिडियो बनाइएको छ। पर्साका सिडिओ विष्णुकुमार कार्कीलाई मन्त्रालय तानिएको छ।
यस्तै धादिङमा अछामका सिडिओ पुण्यविक्रम गौतमलाई पठाइएको छ भने गोकर्णप्रसाद उपाध्यायलाई अछामको सिडियो बनाएर पठाइएको छ।
रौतहटमा इन्द्रदेव यादवलाई प्रजिअ बनाएर पठाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।