डोटी- डोटीको पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा बस दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुलेको छ। धनगढीबाट अछामका लागि छुटेको कर्णाली रिर्भर यातायातको ना ६ ख २५२९ नम्बरको गाडी बुधबार बिहान ६ बजेतिर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो भने २९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
मृत्यु हुनेहरुमा बान्निगढी-३ का ५९ वर्षीय पदम साउद , चौरपाटी गाउँपालिका-७ मार्कुका ३१ वर्षीय टिकाराम विक र कैलाली बस्ने अछामकी ५५ वर्षकी लक्षिमा विक छन्।
घाइते हुनेमा जनाली पाँचका ३० वर्षीय रवि विक, ३८ वर्षीया धना साउद, ३० वर्षीया भरोशा जनाला, १७ वर्षीय उमेश जनाला, २५ वर्षीय रमेश जनाला, २२ वर्षीया खिमा जनाला, २ वर्षीया सृष्टि जनाला छन्। यस्तै, २१ वर्षीय दिनेश शाही, २२ वर्षीया पार्वती नचेल, २९ वर्षीय मनोज नचेल, १६ वर्षीय खेमराज भोटेल, साढे पाँच वर्षका रोशन नचेल, १८ वर्षीय सुरेश विक, ४० वर्षीया गौरी ढुङ्गाना, १० वर्षका प्रकाश थापा, ३९ वर्षका रामबहादुर रावल छन्।
यस्तै २१ वर्षीय धीरेन्द्र नेपाली , ३१ वर्षीय दिपेन्द्र शाही, १५ वर्षीया भरु जनाला, २९ वर्षीय नराज विक, २२ वर्षीय गणेश साउद, १५ वर्षीय दिनेश शाही, १६ वर्षका अर्जुन साउद, २९ वर्षीय अस्मिता भण्डारी, १० महिनाका विजय भण्डारी पनि घाइते भएका छन्। यसैगरी ५ वर्षीया दुर्गा भण्डारी, २३ वर्षका भरत साउद, ४५ वर्षकी कल्धरी कामी, वर्षीय ३० रवि विक, २२ वर्षकी गिता कामी र २७ वर्षका हेमन्त साउद घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरुमध्येका ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते सबैलाई उद्धार गरी जिल्ला अस्पताल डोटीमा लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्र मल्लले बताए।
प्रहरीका अनुसार बस सडकबाट सय मिटर तल खसेको बताइएको छ। चालक निदाएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।