काठमाडाैं- न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको परीक्षामा उर्तीण हुन सफल हुनेहरुको नामावली प्रकाशन गरेको छ। हालै लिइएको लिखत र अन्तर्वार्तापछि अन्तिम नामावली मंगलबार आयोगले प्रकाशन गरेको हो।
२९ पदका लागि भएको विज्ञापनमा २४ जना उर्तीण भएका छन्। पाँच जनाको कोटा अझै पनि रिक्त रहेको छ। जिल्ला न्यायाधीशको परीक्षामा २४ जनाले नाम निकाल्न सफल भएका छन्। २९ पदका लागि ४५ जनाले आवेदन दिएका थिए।
आयोगले आन्तरिक खुल्लाका लागि १४, खुल्ला ९, महिला १, आदिवासी जनजाति २, मधेसी २, अपाङ्ग १ र पिछडिएको क्षेत्र १ का लागि विज्ञापन गरेको थियो। उक्त विज्ञापनअनुसार सहभागी भएकामध्ये आन्तरिक खुल्लामा १४, खुल्लामा २४, अपाङ्गमा १ जना उर्तीण भएका छन्। मधेसी, आदिवासी र महिलाको पाँच जनाको कोटामा अब न्याय परिषदले नियुक्त गर्न पाउने छ।
हेर्नुस् पास हुनेकाे सूची
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।