• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

हामीलाई मुर्ख नसम्झनुस्, सत्य के हो बुझ्न थालेका छौं : सुदन किराँती [अन्तर्वार्ता]

64x64
डिबी खड्का बुधबार, साउन २८, २०७७  २२:३०
1140x725

नेकपाका विवाद उत्कर्षमा पुगेपछि साउन २१ गतेदेखि अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच संवाद समेत हुन सकेको छैन। पार्टीभित्रको विवाद साम्य गर्न पार्टीका दोस्रो तहका नेताहरुले सक्रियता देखाएको पाइन्छ। तर, ती नेताहरुबाट समेत विवादको कुनै सूत्र फेला पर्न सकेको छैन। दुई अध्यक्षको संवादहिनताकै अवस्थामा गत आइतबार नेकपाका ६३ सांसदले कुनै गुटमा नलाग्ने र पार्टी एकताको पक्षमा उभिने भन्दै हस्ताक्षर सार्वजनिक गरे। तिनैमध्येका एक सुदन किराँतीसँग नेकपाको विवादका विभिन्न पाटा र पक्षका विषयमा नेपाल लाइभकर्मी डिबी खड्काले गरेको कुराकानीको सम्पादित अंश:

नेकपाका शीर्ष नेताहरु ध्वंसात्मक अन्तरविरोधमा छन्। के पार्टीको अवस्था त्यही तहमा पुगिसकेको हो?
पार्टीहरुमा अन्तरविरोध हुन्छन्। अन्तरविरोध जसरी ध्वंसात्मक हुन खोजेको छ। त्यसले नेपालको कम्युनिस्ट आन्दोलनमाथि नै गम्भीर प्रश्न उठाइराखेको छ। त्यो पार्टीमा मात्रै उठाएको छैन। देश र जनताको भविष्यमा पनि उठाएइको छ। अन्तरविरोधहरु रचनात्मक हुनु पर्‍यो। ध्वंसात्मक हुनु भएन भनेर भनिएको छ।

मैले हस्ताक्षर गरें। त्यो कार्यक्रममा सहभागी हुन सकिनँ। त्यो बेला जिल्लामै थिएँ। पार्टी एक ढिक्का बनाउने सर्तमा हस्ताक्षर गरौं भनेर साथीहरुले भनेपछि हस्ताक्षर गरें। एकता गराउने सन्दर्भमा किन हस्ताक्षर नगर्ने भनेर गरेको हुँ।

हस्ताक्षरमा भनिएको छ- पार्टी विभाजन भए पनि कुनै पक्षमा लाग्दैनौं। त्यसमा अध्यक्षद्वय केपी ओली र प्रचण्डसहित माधव नेपाल र झलनाथ खनाल पक्षीय सांसदहरु हुनुहुन्छ। के कुनै पक्षमा नलाग्ने भावमा सहमत हुनुहुन्छ?
नेताहरुलाई देश र जनता आफ्नो विर्ता हो भन्ने लागेको होला। २१औं शताब्दीको समाजमा उभिएका छौं। स्वभाविकै रुपमा हिजोको जस्तै हामी राम्रो/नराम्रो गर्दा औंठा छाप लगाउँदै हिड्यौं। त्यो स्तरमा हामी छैनौं भन्ने सन्देश हो। त्यो कार्यक्रममा आउन सकिनँ। वक्तव्य विभिन्न सञ्चार माध्यमबाट हेरें। साथीहरुको अभिव्यक्ति पनि सुनें। आ–आफ्नै 'फ्लेवर' दिनेगरी बजाएको हो कि भन्ने कताकता अनुभूति भएको छ। हामी जे जस्तो उद्देश्य लिएर काम गर्दै छौं। आखिर आफ्नै रुप रंग लिएर प्रवेश गर्ने हो भने हामीले उठाएको कदम कतै लक्ष्यमा नपुगी पछाडि हट्ने त होइन भन्ने शंका पनि पैदा भएको छ।

त्यहाँ कुनै नेताहरुले पक्ष विपक्षमा लागेर अभिव्यक्ति नदिने भनिएको छ। के त्यसरी चुप लागेर बस्न सक्नुहुन्छ?
पार्टीको वर्तमान स्थितिमा निरपेक्ष ढंगले एकता गराउने भन्ने ढंगबाट प्रगतिको ढोका खुल्दैन। यसरी नै टालटुले एकता गरेर फेरि केही समयपछि बल्झाउने तरिका गर्नु हुँदैन। निरपेक्ष एकताको रटान गर्‍यौं भने पुरानै रुढीवादी र परम्परालाई फलो गरेको ठहर्छ। विचारमा रुपान्तरण सहितको एकता चाहेका छौं। जसले देशको संकट मोचन गर्न सकोस्। मैले त्यो भावमा हस्ताक्षर गरेको हुँ। कम्युनिस्ट मूल्य मान्यता र आदर्शलाई भुलेर हामी समाप्तको बाढोमा जादैछौं भने यस्तोमा निरपेक्ष एकता होइन। विचारमा रुपान्तरण हुनुपर्छ। यो संकट आउनुमा विचारमा आएको संकटले नै हो।

शीर्ष नेताहरुबीच समस्या छ। पार्टी र सरकार विधि पद्धतिमा नचलेको भन्ने विषय चर्को रुपमा आइरहेको छ। पार्टीमा यो समस्या आइलाग्नुमा  शीर्ष नेता को कति दोषी हुनुहुन्छ?
त्यो प्रतिशतका आधारमा दोष नछुट्याऔं। समग्र पार्टी र सरकारका सन्दर्भमा सचिवालय र स्थायी कमिटीमा समीक्षाको विषय बनेको छ। छलफल गर्न केन्द्रीय कमिटीको बैठक पनि माग गरेका छौं। त्यो बैठकमा गम्भीर रुपमा छलफल हुनुपर्छ भनेका छौं। अहिले कसको कति दोष भनेर प्रतिशतका आधारमा भन्दा ठीक हुँदैन।

पार्टीको विवाद समाधानमा अध्यक्षसहित अरु वरिष्ठ नेताहरुले कसले के त्याग गर्नुपर्छ?  
पहिलो कुरा विचारधारात्मक रुपमा पार्टी स्पष्ट हुनुपर्छ। त्यसमा स्पष्ट नभए काशी हिँडेको मान्छे कुतीतिर पुग्छ। सरकार बने यता समाजवादको रुपरेखा दिन सकेनौं। गर्दागर्दै कमजोरीहरु हुन्छन्। सबै सबल पक्ष मात्रै खोजेर हुँदैन। नेपाल जुन अवस्थामा छ, त्यसबाट सफाचट गरेर फुमन्तर गरेर परिवर्तन गर्न सम्भव थिएन। तर कतिपय कामहरु इमान्दारपूर्वक भएन। सत्ता र पार्टीको उपल्लो तहमा बसेर ड्राइभिङ गर्ने सर्वोच्च नेताहरुले नै जस र दोष उहाँहरुले नै लिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कम्युनिस्ट पार्टीमा विधि पद्धतिको विषय आज मात्रै नभई उहिलेदेखि नै थियो नि?
त्यो हिजोको कुरा भयो। नितान्त फरकफरक परिवेशबाट कम्युनिस्ट पार्टी मूलधार बनाउने क्रममा विधि पद्धतिको समस्या उठेको हो। त्यो ६८ वर्षको लामो यात्रामा दुई कम्युनिस्ट पार्टी एक भए। आम नेपाली जनताको भावना सगरमाथाको शिरमै उत्साहित हुनपुग्यो। अब सहिदका सपनाहरु पूरा हुने भए भन्ने भएपछि सबै खुसी भयौं। विगतका इतिहास पुनरावृत्ति गर्नुपर्छ भनेर एकता गरिएको होइन। नयाँ आधारमा नयाँ एकता गर्ने हो। नेपालबाट २१औं शताब्दीको समाजवाद यस्तो हुन्छ भनेर हामीले नयाँ सन्देश प्रवाह गर्नुपर्ने थियो। सुदृढ पार्टी एकता कायम गर्नुपर्ने थियो। त्यो काम कारबाही हुन सकेन। हिजो थियो भनेर आज पुनरावृत्ति गर्नु हुँदैन। इतिहास एक पटक दुखान्त भएर आउँछ, अर्को पटक उपहास भएर आउँछ भनिन्छ। त्यसैले अहिले उपहास भएर आएको छ।

नेपालका कम्युनिस्ट पार्टी ठूलो हुने, हौसिने र फेरि कमजोर हुने प्रवृत्तिहरु निरन्तर दोहोर्‍याएका छन्। किन यस्तो हुने गर्छ?
यस्तो हुनुमा दार्शनिक र सांस्कृतिक पक्ष जिम्मेवार छ। पश्चिमी समाजमा कम्युनिस्ट पार्टी नेपालको जस्तो हराभरा भएन। तर त्यहाँ महान् दार्शनिकहरु जन्मे। कार्ल मार्क्सदेखि एंगेल्स, ग्राम्स्की, रोजाहरु जन्मे। त्यहाँबाट पूर्व एसिया लागेपछि चीनमा महान नेता माओको जन्म भयो। माओलाई दार्शनिकभन्दा राजनीतिक रुपमा बुझ्ने गरिन्छ। उहाँले मार्क्सवादलाई चिनियाँ सापेक्षतामा लागू गर्नुभयो। चीनलाई अर्धउपनिवेश र अर्धसमान्ती व्यवस्थाबाट मुक्त गर्नुभयो। त्यही चीन अहिले विश्वको सुपरपावर भएर आएको छ।

 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 

एसियाको पनि दक्षिण एसियाको भारतमा प्रवेश गरौं। भारत र नेपालमा प्रवेश गरेपछि कम्युनिस्ट पार्टीमा व्यापक जनताको सहभागिता छ। पार्टीको संगठन उर्बर छ। तर हामीले विचारको जन्म दिन सकेनौं। पश्चिमा राष्ट्रमा क्रिस्चियन धर्म छ। जसले वर्ग जन्माउँदैन। भित्र जे जस्तो भए पनि विचारमा सबै जातजातिबीच समानता छ। हिन्दु धर्म संस्कृतिले निरपेक्ष रुपमा वर्गहरु जन्माउँछ। वर्गमाथि शोषण गर्छ।

 

क्रान्तिमा हुँदा मार्क्सवाद, लेनिनवाद र माओवाद भन्ने गरिन्छ। क्रान्ति सकिएर सत्ता र सुविधामा पुगेपछि हाम्रो आदर्श पुरान, गीता, महाभारत, रामायण हुँदै आउँछ। बोल्दा पनि नेताहरुले यी उदाहरण र परिवेश दिने गर्छन्। तर चीनमा किन सफल भयो? किनभने उनीहरु बुद्धिस्टहरु हुन्। धार्मिक संस्कृतिले मान्छेको चेतनामा पार्ने प्रभावले विचार निर्माणमा बाधा पर्ने रहेछ। नेतृत्व निर्माणमा पनि प्रभाव पर्ने रहेछ। त्यो वामपन्थि मात्रै होइन, दक्षिणपन्थी पार्टीलाई समेत असर पार्ने गरेको पाइन्छ।

तपाईं आफैं आफ्नो निर्वाचन क्षेत्रबाट फर्किनुभएको छ। कोरोना विरुद्धको संघर्षमा लड्नुपर्ने नेकपा सत्ता परिवर्तनको खेलमा लागेको देख्दा जनता पक्कै निराश होला है?
जनताको घर दैलोमा नियमित जसो पुग्ने गर्छु। आम जनता हामीबाट निराश हुँदै गएका छन्। त्यो साँचो कुरा हो। कम्युनिस्ट सरकार भनेको गरिबको सरकार हो। श्रमजीवी र मजदुरहरुको सरकार हो। उनीहरुले आफ्नो उन्नति हुन्छ भन्ने सोच्ने गर्छन्। देशको प्रगति हुन्छ भनेरै उत्साहका साथ हामीलाई भोट हालेर जिताए। सरकारमा पुगेपछि श्रृंखलाबद्ध ढंगले जे जस्ता घटनाहरु घट्दै गए, त्यसले निराश हुँदै गए।

हाम्रो पार्टी अध्यक्ष केपी ओलीले भन्नुभएको थियो, ‘म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न।’ त्यो धेरै राम्रो कुरा थियो। कैयौं भ्रष्टाचारीहरु डराएका पनि थिए। तर दुखका साथ भन्नुपर्छ माथिल्लो तहबाटै भ्रष्टाचारको श्रृंखला सुरु भयो। त्यो सञ्चारमन्त्रीको ७० करोडले नपुगेर २ अर्बको डिलिङको कुरा होस् या कोरोना महामारीका बेला ओम्नीसँगको मिलोमतोमा मेडिकल सामाग्री खरिदको अनियमितताको विषय, सबैमा माथिल्लो निकायबाट अनियमितता सुरु भयो। यस्तै, वाइडबडी प्रकरण, बालुवाटारको जग्गा खरिद प्रकरण र यति होल्डिङलाई जग्गा प्रकरण समेत माथिल्लो तहबाटै टाकछोप गर्ने र संरक्षण गर्ने काम भयो। त्यहीँबाट जनता रुष्ट हुन थाले। जनतालाई गहिरो गरी लाग्न थाल्यो- कम्युनिस्ट सरकार आफ्नो पक्षमा छैन। आफूले सोचेको जस्तो अनुभूति गर्न नपाएपछि आमजनता निराशाको बाटोतिर लाग्न थालेका छन्।

के अब तपाईं कम्युनिस्ट पार्टी आमजनताको पक्षमा उभिने पार्टीको रुपमा आउँदैन भन्ने अवस्थामा पुग्नुभएको हो?
हाम्रो पार्टीमा धेरै ठूलो सांस्कृतिक क्रान्ति हुन जरुरी छ। अहिले ८ लाख पार्टी सदस्यलाई भूमिका नदिँदा दलाली गर्ने अवस्थामा पुगेका छन्। त्यो सानो नै काम किन नहोस्, दलालको काम गरी नै राखेका छन्। हामीले समाजवाद उन्मुख संविधान बनायौं। अबको समाजवाद कस्तो हुन्छ भन्ने रेखाचित्र खिच्न सकेनौं। अबको कृषि कार्यक्रम कस्तो हुन्छ? शिक्षा स्वास्थका कार्यक्रम कस्तो हुन्छ? अर्थ राजनीतिक मोडल कस्तो हुन्छ भन्ने मोडल दिन सकेनौं। त्यो बहसले जनताको घरघरलाई छुनुपर्ने थियो। त्योतिर हाम्रो बहस गएन। हाम्रो राष्ट्र समृद्ध बनाउनेतिर बहस जाँदै गएन।

हाम्रो पार्टीको बहस प्राविधिक ढंगले मात्रै भयो। बाहिर प्राविधिक जस्तो देखिए पनि भित्री रुपमा विचारको संकट हो। जब विचारमाथि गम्भीर संकट आइलाग्छ। विधि, व्यवहार र भावनामा संकट आउँछ। भावनामा संकट आएपछि विस्तारै पार्टीभित्र विग्रह पैदा हुँदै जान्छ। वैचारिक समाधान खोज्नुपर्छ। वैचारिक समाधान निकाल्न सकेनौं भने अहिले टालटुल गरेर मिलाउँला तर ३/४ महिनापछि योभन्दा भयानक संकट लिएर आउँछ।

पार्टीभित्रको संकटबाट मुक्त हुने उपाय के हुनसक्छ? 
संसारमा दुई वटा मात्रै चिज स्वतन्त्र हुन्छन्। एउटा स्पेस र अर्को समय। अरु कुनै चिज स्वतन्त्र हुँदैन। हामीलाई मुर्ख नसम्झनुस्। सत्य के हो हामी पनि बुझ्न थालेका छौं। त्यसैले सत्यको पक्षपाती हौं हामी। सत्यलाई टेकेर समाधान दिनुस् भनेका छौं। यसरी नै फोहोरी खेल खेलेर भागबण्डा मिलेपछि मिल्नुस् भनेको होइन। वैचारिक रुपान्तरण सहित अगाडि जानुस् भनेको हो। राष्ट्र गतिरोध भएको छ। त्यसलाई मोचन गर्नुस् भनेका छौं। तपाईंहरु आफ्नो स्वार्थमा लड्नुहुन्छ भने हामी तपाईंहरुसँगै लागिरहनुपर्छ भन्ने जरुरी छैन। पार्टी एकता भएको छ। सहमतिका आधारमा सबैले पालना गर्नुपर्छ। पार्टीमा कैयौं पटक असहमति हुँदाहुँदै रोकिएका छन्। पार्टीले निर्देश गरेको बाटोमा सरकार हिँड्नुपर्छ। बहुदलीय प्रतिस्पर्धामा सरकारभन्दा पार्टी प्रधान हुन्छ। पार्टीले निर्वाचनमा जुन घोषणापत्र बोकेर जनताबाट अनमोदन हुन्छ। त्यसको लिकमा सरकार हिँड्नुपर्छ। यदि राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पार्ने घटनाहरु भए पार्टीले निर्णय  गरेपछि मात्रै सरकारले पालना गर्नुपर्ने हुन्छ। तर, यस्ता धेरै चुकुलहरु खुस्किदै आएका छन्।

हामी समाजवादमा जाने भनेपछि विधि स्पष्ट गर्नुपर्‍यो। विधि स्पष्ट भएपछि न्यायोचित ढंगले जिम्मेवारी बाँडफाड गर्नुपर्‍यो। महाधिवेशन घोषणा भइसकेकाले कार्यतालिका सार्वजनिक गर्नुपर्‍यो। अब समाजवादको यो मोडालिटीबाट जाने हो भनेर ८ लाख पार्टी सदस्यलाई बहसमा सहभागी गराउनुपर्‍यो। तीन करोड जनताको घरघरमा पुगेर सुझाब लिएर आउनुपर्‍यो। त्यो भयो भने संकट समाधानतिर जान्छ। अन्यथा पार्टीलाई गुमराहमा राखेर 'सेन्टर टू राइट' बाटो अख्तियार गरेर, माफियाको चंगुलमा फँसेर, जनतालाई भोट बैंक बनाएर, सत्ताको मोजमस्तीमा भुल्ने हो भने इतिहासले माफ दिने छैन। सत्ता दुई कारणले लिने गरिन्छ एक भोग गर्न, अर्को समाज रुपान्तरण गर्न। हामीले समाज रुपान्तरण गर्न सत्तालाई प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छौं।

हस्ताक्षर गर्ने ६३ जना सांसदरुबीच पनि अन्तरविरोध बढ्न थालेको सुनिन्छ। तपाईंहरु धेरै विषयमा एक हुनुहुन्न भन्ने बुझ्दा हुन्छ? 
पार्टी एकता गराउनुपर्छ भन्ने मञ्चलाई प्रयोग गरेर आफ्नो रोटी सेकाउन पाइँदैन। स्वतन्त्र ढंगले हामीले आफ्नो अधिकार प्रयोग गर्छौं भने त्यो सही हो। हामी दास होइनौं। हिजो हामी विभाजन व्यहोरेर आएका हौं। जनताको ईच्छा आकांक्षा प्रत्यक्ष बुझेका छौं। त्यो मञ्चलाई प्रयोग गरेर आफ्नै फ्लेवर दिँदै हिँड्ने हो भने ठीक ठाउँमा पुग्न सकिँदैन। अहिलेको कुहिएको अवस्थाबाट मिलाएर पार्टी एकताको हुंकार गर्नु प्रत्युत्पादक हुने छ। त्यो परम्परावादी र रुढीवादी नै हुन्छ। त्यो हस्ताक्षर गरेर ठीकै गरेका छौं। हामीले एक कदम ठीक गरेका छौं भन्ने निष्कर्ष हो।

यो हस्ताक्षरलाई कसैबाट दुरुपयोग नगरियोस्। पार्टी रुपान्तरण सहितको एकतामा निर्णायक मिसाइल होइन, एउटा सानो ढाल मात्रै हो। रुपान्तरण सहितको एकता हो भने अग्रमोर्चामा लड्न तयार छु। विचारधारात्मक संकट परेको हुनाले विधि, विचार र व्यवहारमा स्पष्ट गर्ने बाटोमा साथीहरु लाग्छन् भने म अग्रमोर्चामा जान तयार छु। मैले के-के जिम्मेवारी सम्हाल्नुपर्ने हो, तयार छु। आफ्नो रोटी सेकाउने, आफ्नो 'फ्लेवर' दिएर हिँड्ने मञ्चको रुपमा प्रयोग गर्ने हो भने मेरो हस्ताक्षर फिर्ता लिन सक्छु।
भिडियो

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  २२:३०
  • #नेकपा
  • #सुदन_किराँती

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्