काठमाडौं– सार्वजनिक तथा निजी विद्यालयहरु अर्को निर्णय नभएसम्मका लागि खुल्न नपाउने सरकारले जनाएको छ। मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा युवराज खतिवडाले संक्रमण बढिरहेकाले विद्यालय खोल्न नपाउने निर्णय यथावत रहेको बताए।
विद्यालयसँगै जमघट बढी हुने स्थानहरुको सञ्चालनमा लगाइएको रोक पनि यथावत राखिएको छ। फिल्म हल, समूहमा खेलिने खेलकुद र डान्सबार सञ्चालन नहुने मन्त्री खतिवडाले जानकारी गराए।
होटल रेष्टुरेन्टमा बनेको परिकार होटलमै खान नपाउने निर्णय गरिएको छ। तयार गरेको परिकारलाई ‘टेक अवे’मार्फत सञ्चालन गर्नुपर्ने जनाइएको छ। जोखिम बढेकाले रेष्टुरेन्टमै खाने व्यवस्थामा रोक लगाइएको मन्त्री खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।