काठमाडौं- नेकपाले सहिद रामवृक्ष यादवको स्मृति दिवसको उपलक्ष्यमा वृक्षारोण गर्ने भएकाे छ। हरेक वर्ष यादवको स्मृति सभा कार्यक्रम गरी मनाउने गरिएकाेमा यस वर्ष कोरोना महामारी भएकाले सामान्य कार्यक्रम गरेर मनाउन लागिएकाे हो।
नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी भएकाले फरक ढंगले यादवको स्मृति दिवस मनाउन लागेको बताए। भदौ २ गते स्मृति दिवसको उपलक्ष्यमा प्रदेश २ का सबै स्थानी तहमा वृक्षारोण गर्ने, प्रदेशका पार्टी कार्यालयमा यादवको फोटाेमा माल्यार्पण गर्ने र उनको व्यक्तित्व र योग्दानका विषयमा सामाजिक सञ्जालबाट भिडियो कन्फ्रेन्स गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
यादवकाे तत्कालीन माओवादी जनयुद्ध तयारीकै क्रममा २०५१ भदौ २ गते धनुषाको बर्मझियामा हत्या भएको थियो। उनी पार्टीका केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।