• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संस्थापनइतरको विरोधले रोकिएन देउवाको निर्णय गति

64x64
लिलु डुम्रे सोमबार, साउन २६, २०७७  १५:१०
1140x725

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक पक्षको विरोधलाई वेवास्ता गर्दै निर्णयको क्रमलाई निरन्तरता दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सर्वाधिक विरोध गर्दै आएको विभाग गठनलाई पूर्णता दिने क्रममा देउवा लागेका छन्। विधानको प्रावधान सभापतिले मिचेको जनाउँदै पौडेल पक्षले ध्यानाकर्षण गराए पनि देउवाले निर्णय रोकेका छैनन्।

४७ विभाग बनाएका देउवाले आइतबार अबेर १० विभागलाई विस्तार गरेका छन्। त्यसअघि तीन विभागका सदस्य थपिसकेका थिए। आफू निकटका व्यक्तिलाई २० विभागको प्रमुखको जिम्मेवारी तोकेका देउवाले सदस्यहरुमा पनि संस्थापन पक्षकालाई प्राथमिकता दिएका छन्।

शक्तिशाली विभागको रुपमा परिचित संगठन विभागलाई ४१ सदस्यीय बनाइएको छ। गोपालमान श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा सचिवको जिम्मेवारी विनकुमार विश्वकर्मालाई दिइएको छ। विश्वकर्मा झापा निवासी हुन्।

हरिप्रसाद नेपाल संयोजक रहेको शिक्षा विभागलाई विस्तार गरेर ४० सदस्यीय बनाइएको छ। चितवनका शेषनाथ अधिकारी उपप्रमुख रहेको उक्त विभागमा कास्कीका कृष्णप्रसाद पौडेल सचिव बनेका छन्। यातायात व्यवसायी समन्वय विभागको नेतृत्वमा महेन्द्र यादव छन्। यादवले सम्हालेको विभाग ४१ सदस्यीय बनाइएको छ।

मुस्लिम आयोग ३८ सदस्यीय बनाइएको छ। देउवा निकट फरमुल्लाह मन्सुर प्रमुख रहेको उक्त विभागमा अब्दुल खान सचिव बनेका छन्। अजयकुमार चौरसियाको नेतृत्वमा बनाइएको तराई–मधेश समन्वय विभागमा सप्तरीका श्रीप्रसाद राउत उपप्रमुख बनेका छन्। ३९ सदस्यीय तराई–मधेश समन्वय विभागको सचिव रामनारायण प्रसाद कुर्मी बनेका छन्।

संघीय मामिला तथा प्रदेश समन्वय समिति ४० सदस्य बनेको छ। रमेश रिजालको नेतृत्वमा रहेको विभागमा सदस्यहरु मात्रै थपिएको छ। अम्बिका बस्नेत नेतृत्वको वन, वातावरण तथा वित्त व्यवस्थापन समिति ३९ सदस्यीय बनेको छ। १३औं महाधिवेशनमा पौडेल पक्षधर रहेर पछिल्लो समय देउवा निकट बनेका आनन्द ढुङ्गानाले एक विभाग सम्हालेका छन्। ढुङ्गाना नेतृत्वको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग ३९ सदस्यीय बनेको छ। उक्त विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ल चयन भएका छन्।

आइतबार नै विस्तारित स्थानीय तह समन्वय विभाग ३८ सदस्यीय बनेको छ। केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले उक्त विभागको जिम्मेवारी गत माघमा पाएका थिए। गत जेठमा विस्तारित तरुण विभाग ४१ सदस्यीय बनेको छ। तरुण विभागमा सचिवको जिम्मेवारी श्यामप्रसाद श्रेष्ठले पाएका छन्। खेलकुद विभागको नेतृत्व पूर्वमन्त्री मोहनबहादुर बस्नेतले प्राप्त गरेका छन्।

२९ सदस्यीय खेलकुद विभागमा उपप्रमुख मोहन कुमार राई छन् भने सचिवमा मीनकृष्ण महर्जन मनोनित भएका छन्। साउन ५ मा देउवाले महिला विभाग विस्तार गरेका थिए। ३८ सदस्यीय महिला विभागको नेतृत्व ईश्वरी न्यौपानेलाई दिइएको छ। महिला विभागको सचिवमा लक्ष्मी खतिवडा मनोनित भएकी छन्।

Ncell 2
Ncell 2

चरणबद्ध विभाग गठन गरेका सभापति देउवाले प्रमुख तोकेर पनि केही विभाग गठन विस्तार तेस्राे चरणमा पनि गरेका छैनन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको सूचना सञ्चार तथा प्रचार विभागले पूर्णता पाउन सकेको छैन। सीता गुरुङले सम्हालेको आदिवासी जनजाति विभाग, गोविन्द भट्टराई प्रमुख रहेको नेपाल जनसम्पर्क विभाग, चिनकाजी श्रेष्ठले सम्हालेको उद्योग व्यापार विभाग आइतबार विस्तार भएका छैनन्।

त्यस्तै श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन र संस्था समन्वय विभागले पूर्णता पाउन सकेको छैन। ती विभागमा क्रमशः शिव हुमागाईं, केशव बुढाथोकी र एनपी साउद प्रमुख छन्।

महाधिवेशन भएको दुई महिनाभित्र गठन हुनुपर्ने विधानको व्यवस्था थियो। विभागमा हाल मनोनयन गर्नुलाई संस्थापनइतर पक्षले महाधिवेशन प्रभावित पार्ने खेलका रुपमा बुझेको छ। नेता कार्यकर्ता व्यवस्थापन गरी नतिजा देउवाले आफ्नो पक्षमा पार्ने डर अर्को समूहमा छ। देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले विधानकै समयावधिमा विभाग गठन हुन नसक्नु पौडेल पक्षको असहयोग कारण भएको आरोप लगाए।

गत साता देउवाले बोलाएको पदाधिकारी बैठकमा विभागको विषय संस्थापनइतर नेताहरुले उठाएका थिए। देउवाले आफ्नो निर्णय फिर्ता गर्न तयार नभएको नेता अर्जुननरसिंह केसीले बताएका थिए। गत साता शीर्ष तहको बैठकमा एक पक्षले आपत्ति जनाएपनि आइतबार देउवा थप अघि बढ्दै विभागका सदस्य मनोनयन गरे।

प्रत्येक विभागमा ५१ सदस्यसम्म पुर्‍याउन सकिने विधानको व्यवस्था छ। विस्तार गरिएका विभागमा सिमिति संख्या अर्को समूहलाई खाली राखेको बताइएको छ। संस्थापन पक्षले विस्तार गरेको विभागमा दुई तिहाइ बढी संख्यामा मनोनयन भइसकेको छ। सांसद पदमा रहेकाहरुलाई विभागमा स्थान नदिने प्रावधान बनाइएको छ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
पत्रकार दिनेश सिटौलाको निधन उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल... आइतबार, माघ १८, २०८२
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार नदी नियन्त्रणका लागि पक्की तटबन्ध र कुलोनहरका बाँध नबन्दा बर्सेनि आफूहरुले दुःख पाइरहेको उनको भनाइ छ । विगतमा ठाउँठाउँमा कटान र डुबा... आइतबार, माघ १८, २०८२
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणा पत्रमा  आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै  गुरुङले  मुलुकको अर्थतन्त्र गम... आइतबार, माघ १८, २०८२
ताजा समाचारसबै
नेप्से परिसूचक १९ अङ्कले घट्यो आइतबार, माघ १८, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
निर्वाचनका लागि समानुपातिकतर्फ मतपत्र छपाइ सकियो, प्रत्यक्षतर्फ ३० लाख छपाइ आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, माघ १८, २०८२
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्