काठमाडौं– सरकारले भदौ १ गतेदेखि सुरु गर्न लागेको आन्तरिक उडान सबै विमानस्थलमा नगर्ने तयारी गरेको छ। तराईका जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सरकारले सबै जिल्लाका विमानस्थलमा उडान नगर्ने तयारी गरेकाे हाे।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो चरणमा पोखरा, चितवन तथा हिमाली र पहाडी जिल्लामा मात्रै आन्तरिक उडान गर्ने गरी आइतबार बस्ने सिसिएमसीको बैठकमा प्रस्ताव लैजाने तयारी गरेको छ।
मन्त्रालय स्रोतका अनुसार उडान सुरु गर्ने समय भने भदौ १ गते यथावत राख्ने प्रस्ताव लैजाने तयारी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।