काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदशेबाट नेपाल भ्रमणमा आउने पर्यटकले अनिर्वायरूपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने गरी अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्रस्ताव तयार गरेको छ।
मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउँदा अनिर्वाय पिसिआर परीक्षण गरेको हुनुपर्ने र त्यसको रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने प्रस्ताव तयार पारेको छ। साथै नेपाल आएपछि पहिलो ७ दिन होटल बस्ने गरी होटल बुकिङ भएको हुनुपर्ने प्रस्तावमा उल्लेख छ।
७ दिनपछि भने पिसिआर परीक्षण गरी नेगेभिट रिपोर्ट आएको खण्डमा भने आफ्नै तवरबाट थप सात दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रस्ताव पनि तयार पारिएको मन्त्रालय स्रोतले जनाएको छ।
यसैगरी, भदौ १ गतेदेखि नै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तर, सार्क राष्ट्रको हकमा भने तत्कालन उडान नगर्ने गरी मन्त्रालयले आइतबार बस्ने सिसिएमसीको बैठकमा प्रस्ताव लैजानै तयारी गरेको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।