• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

च्याम्पियन्स लिग क्वार्टरफाइनल : के छ टिमको अवस्था? 

64x64
नेपाल लाइभ आइतबार, साउन २५, २०७७  १४:४४
1140x725

काठमाडौं- यो सिजन फुटबलको केन्द्रमा देखियो कोरोना माहामारी। केही खेलाडीहरुमा पनि संक्रमण देखियो। जसले लामो समय खेल हुन सकेन। फ्रेन्च लिग वान नखेलि सकिएको घोषणा हुँदा युरोपका अरु ठूला लिग पनि दर्शकबिना खल्लो देखिए। 

यस्तो कठिन समयबाट बढेको फुटबलमा युरोपियन प्रतिस्पर्धामा सबैभन्दा विशेष र विश्वले नियाल्ने च्याम्पियन्स लिग भने रोचक बनिरहेको छ। दर्शकबिनाको मैदानमा उल्लासको माहोल कम हुँदा पनि टेलिभिजनका पर्दामा दर्शक तानिएकै छन्। नतिजाको अनुमान र समर्थनमा जोडिएका दर्शकलाई माहामारीको पीडा बिसाउने माध्यम फुटबल बनिरहेको छ। 

क्वार्टरफाइनलका खेलहरु पोचुगल लिस्बोनका दुई रंगशालामा हुनेछन्। परिवर्तित नियमअनुसार सबै खेलहरु एक लेगको मात्र हुनेछन्। यसैले नकआउट खेलमा कतिपय टिमको अवस्था र अनुमानभन्दा भिन्न खेल देखिने सम्भावना बढी रहन्छ। 

शनिबार राति प्रतिस्पर्धाको क्वार्टरफाइनल यात्रा तय भयो। जसमा एटलान्टा र पिएसजी, लिपजिग र एथ्लेटिको मड्रिड, बायर्न म्युनिक र बार्सिलोना साथै म्यानचेस्टर सिटी र लायोन खेल्नेछन्। क्वार्टरफाइनलमा पुगेका टिमहरुको अवस्था कस्तो छ त? 

एटलान्टा भर्सेस पिएसजी
च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो खेलमा नेपाली समयअनुसार बुधबार राति पौने १ बजे इटालियन क्लब एटलान्टा र फ्रेन्च क्लब पिएसजी खेल्दैछन्। 

एटलान्टा
युइएफएमा स्थान- ५०औँ

यो सिजनको अवस्था- खेल ८, जित ४, बराबरी १, हार ३, गरेको गोल १६, खाएको गोल १६

अन्तिम १६ को खेलमा- भ्यालेन्सियालाई ८-४ ले हराएको 

Ncell 2
Ncell 2

धेरै गोल गर्ने- योसिप इलिचिच, पाँच गोल

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- क्वार्टरफाइनल  (यही पहिलो सिजन) 

च्याम्पियन्स लिगमा पहिलो पटक छनोट हुँदा नै एटलान्टा क्वार्टरफाइनलमा पुगेको छ। जसमा अन्तिम १६ को खेलमा योसिप इलिचिचको खेल उत्कृष्ट रह्यो। भ्यालेन्सियाविरुद्धको दोस्रो लेगमा उनी एक्लैले चार गोल गरेका थिए। गोलमा बढेका योसिप मात्र होइन एटलान्टा सम्पूर्ण टिम नै सम्हालिएको देखिन्छ। पहिलो सिजन हुनाले उनीहरुमा दबाबभन्दा बढी आत्मविश्वास छ। 

पिएसजी
युइएफएमा स्थान- सातौँ

यो सिजनको अवस्था- खेल ८, जित ६, बराबरी १, हार १, गरेको गोल २०, खाएको गोल ४

अन्तिम १६ को खेलमा- बोरुसिया डोर्टमुन्डलाई ३-२ ले हराएको

धेरै गोल गर्ने- माउरो इकार्डी र केलियन एमबाप्पे, पाँच गोल

गएको सिजन- अन्तिम १६ बाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- सेमिफाइनल (१९९४-९५ को सिजन) 

अन्तिम १६ को पहिलो लेगमा बोरुसिया डोर्टमुन्डसँग २-१ ले हार्दा पिएसजीको निकै आलोचना भएको थियो। तर दोस्रो लेगको खेलमा २-० ले जित्दै पिएसजी खेलमा फर्कियो। जसमा नेमार र बेर्नाटले गोल गरेका थिए। जसले पिएसजी पछिल्लो चार वर्षमा पहिलोपटक क्वार्टरफाइनल पुग्न सक्यो। त्यसअघि समूह चरणको खेलमा पिएसजीको लय अझ उत्कृष्ट देखिएको थियो। 

आरबी लाइपजिग भर्सेस एथ्लेटिको मड्रिड
च्याम्पियन्स लिग क्वार्टरफाइनल अन्तर्गत दोस्रो खेलमा जर्मन क्लब लाइपजिग र स्पेनिस क्लब एथ्लेटिको मड्रिड खेल्दैछन्। खेल नेपाली समयअनुसार बिहीबार राति पौने १ बजे हुनेछ। 

लाइपजिग
युइएफएमा स्थान- ३२औँ 

यो सिजनको अवस्था- खेल ८, जित ५, बराबरी २, हार १, गरेको गोल १५, खाएको गोल ८

अन्तिम १६ को खेलमा- टोटनह्यामलाई ४-० ले हराएको

धेरै गोल गर्ने- टिमो वेर्नर र मार्सेल साबिटजर, चार गोल

गएको सिजन- युरोपा लिगमा समूह चरण

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- क्वार्टरफाइनल (यही सिजन) 

च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा लाइपजिगले त्यति सहज रुपमा टोटनह्यामलाई हराउँछ भन्ने अनुमान सायदै कसैले गरेका थिए। गएको सिजन फाइनल खेलेको टोटनह्यामलाई लाइपजिगले पहिलो लेगमा १-० ले र दोस्रो लेगमा ३-० ले हराएर चकित बनायो। जसमा लाइपजिगका प्रशिक्षक जुलियन नागेल्समान टिमलाई च्याम्पियन्स लिग क्वार्टरफाइनल लैजाने सबैभन्दा कान्छा प्रशिक्षक बने। टिममा हारको डरभन्दा प्राप्तिको चाहना बढी छ। 

एथ्लेटिको मड्रिड
युइएफएमा स्थान- दोस्रो

यो सिजनको अवस्था- खेल ८, जित ५, बराबरी १, हार २, गरेको गोल १२, खाएको गोल ७

अन्तिम १६ को खेलमा- लिभरपुललाई ४-२ ले हराएको

धेरै गोल गर्ने- अल्भारो मोराटा, तीन गोल

गएको सिजन- अन्तिम १६ बाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- दोस्रो भएको (पछिल्लोपटक २०१५-१६ को सिजन) 

एथ्लेटिको मड्रिडले अन्तिम १६ को खेलबाट गएको सिजनको विजेता लिभरपुललाई पन्छाउनु नै ठूलो उपलब्धीको रुपमा हेरिएको छ। पहिलो लेगको १-० को जितभन्दा अझ दोस्रो लेगको खेलमा लिभरपुलकै मैदानमा ३-२ को जित ऐतिहासिक थियो। यो सिजन डिएगो सिमोन्सको डिफेन्सिभ फुटबल हुनुपर्ने जति उत्कृष्ट नदेखिए पनि उनीहरुको सामूहिक खेल भावना अब्बल छ। 

बायर्न म्युनिक भर्सेस बार्सिलोना
च्याम्पियन्स लिग क्वार्टरफाइनल अन्तर्गत तेस्रो खेलमा जर्मन क्लब बायर्न म्युनिक र स्पेनिस क्लब बार्सिलोना खेल्दैछन्। खेल नेपाली समयअनुसार शुक्रबार राति पौने १ बजे हुनेछ। 

बायर्न म्युनिक 
युइएफएमा स्थान- चौथो

यो सिजनको अवस्था- खेल ८, जित ८, गरेको गोल ३१, खाएको गोल ६

अन्तिम १६ को खेलमा- चेल्सीलाई ७-१ ले हराएको

धेरै गोल गर्ने- रोबर्ट लेवान्डोस्की, १३ गोल

गएको सिजन- क्वार्टरफाइनलबाट बाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- पाँच पटकको विजेता (पछिल्लोपटक २०१३ मा जितेको)

पाँच पटक च्याम्पियन्स लिग जितेको बायर्न म्युनिक पाँचै पटक फाइनलमा पुगेर पराजित भएको टिम हो। यो सिजनमा गोलमा राम्ररी बढेको बायर्नलाई कसैले रोक्न सक्ला र जस्तो देखिएको छ। यो सिजन सबै खेल जितेको बायर्नका लागि अब एक नकआउट खेलमा जे पनि हुन सक्छ भनिने अनुमानबाहेक अरु हिसाबले बलियो देखिन्छ। 

बार्सिलोना
युइएफएमा स्थान- तेस्रो

यो सिजनको अवस्था- खेल ८, जित ५, बराबरी ३, गरेको गोल १३, खाएको गोल ६

अन्तिम १६ को खेलमा- नापोलीलाई ४-२ ले हराएको

धेरै गोल गर्ने- लुइस स्वारेज, ४ गोल

गएको सिजन- सेमिफाइनलबाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- पाँच पटकको विजेता (पछिल्लो पटक २०१५ मा जितेको) 

च्याम्पियन्स लिगमा पाँच पटकको विजेता बार्सिलोना तीन पटक फाइनलमा पुगेर हारेको टिम हो। यो सिजन ला लिगाको उपाधि गुमाएको बार्सिलोना त्यसभन्दा राम्रो च्याम्पियन्स लिगमा देखिइरहेको छ। कमजोर डिफेन्समा आलोचित भइरहेको टिममा कप्तान लियोनल मेस्सी सधैँझैँ केन्द्रमा देखिन्छन्। सिजनको मध्यमा प्रशिक्षक एर्नेस्टो भालभर्देलाई बर्खास्त गरेको टिममा नयाँ लय भेट्न संघर्ष देखिन्छ। 

म्यानचेस्टर सिटी भर्सेस लायोन
च्याम्पियन्स लिग क्वार्टरफाइनल अन्तर्गत अन्तिम खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब लायोन खेल्दैछन्। खेल नेपाली समयअनुसार शनिबार राति पौने १ बजे हुनेछ। 

म्यानचेस्टर सिटी
युइएफएमा स्थान- छैठौँ

यो सिजनको अवस्था- खेल ८, जित ६, बराबरी २, गरेको गोल २०, खाएको गोल ६

अन्तिम १६ को खेलमा- रियल मड्रिडलाई ४-२ ले हराएको 

धेरै गोल गर्ने- गाब्रियल जिसस र रहिम स्टर्लिङ, ६ गोल 

गएको सिजन- क्वार्टरफाइनलबाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- सेमिफाइनल (२०१५-१६ को सिजन) 

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले अब्बल प्रतिस्पर्धाको पखाईमा लामो समय बितायो। यो सिजन रियल मड्रिडलाई हराउँदा सिटीमा त्यो लय देखिएको भान हुन्थ्यो। अहिलेसम्म अपराजित रहेको सिटीमा मिडफिल्डर केभिन डि ब्रायन र फरवार्डहरु स्टर्लिङ र जिससबीचको तालमेल राम्रो देखिन्छ। यो समय सिटीसँगै प्रशिक्षक पेप गार्डिओलाका लागि आफूलाई पुनः प्रमाणित गर्ने अवसर पनि आइरहेको छ। 

लायोन
युइएफएमा स्थान- १७औँ

यो सिजनको अवस्था- खेल ८, जित ३, बराबरी २, हार ३, गरेको गोल ११, खाएको गोल १०

अन्तिम १६ को खेलमा- युभेन्टससँग २-२ को बराबरी, अवे गोलका आधारमा अघि

धेरै गोल गर्ने- मेम्फिस डिपाइ, ६ गोल 

गएको सिजन- अन्तिम १६ बाट बाहिरिएको

युरोपियन प्रतिस्पर्धामा अहिलेसम्मको राम्रो- सेमिफाइनल (२००९-१० को सिजन) 

यो सिजन समूह चरणबाट नै कठिन अवस्थामा बढेको लायोनका लागि युभेन्टसलाई पछि पार्न सक्नु राम्रो उपलब्धी हो। अन्तिम १६ को खेलमा युभेन्टसलाई पहिलो लेगमा १-० ले हराएको लायोन दोस्रो लेगमा २-१ ले पराजित भएको थियो। दोस्रो लेगको अवे गोलका कारण लायोनका लागि सफलता मिल्यो। रोचक रुपमा अघि बढिरहेको लायोनमा ३-५-२ को फर्मेसन सफल भइरहेको देखिन्छ। 

प्रकाशित मिति: आइतबार, साउन २५, २०७७  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी
काठमाडौं– ३ मा कुलमानविरुद्ध रास्वपाका राजुनाथ पाण्डेसँग साढे सात हजार मतान्तरले विजयी
जुम्लामा राप्रपाका शाही नेकपाका भण्डारीभन्दा ३२ सय मतले अघि
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी शनिबार, फागुन २३, २०८२
काठमाडौं– ३ मा कुलमानविरुद्ध रास्वपाका राजुनाथ पाण्डेसँग साढे सात हजार मतान्तरले विजयी शुक्रबार, फागुन २२, २०८२
जुम्लामा राप्रपाका शाही नेकपाका भण्डारीभन्दा ३२ सय मतले अघि शुक्रबार, फागुन २२, २०८२
कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ विजयी शुक्रबार, फागुन २२, २०८२
काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
खगेन्द्र सुनार दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्