सिन्धुपाल्चाेक- सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आइतबारदेखि बन्द गरिएको छ। शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो।
आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका थिए। उनीहरुले सल्यानबाट आउँदा थानकोटमा पिसिआर परीक्षणका लागि स्वाब दिएका थिए। त्यसपछि उनीहरु जुगल आएका वडा नं ५ का वडाध्यक्ष सनत अधिकारीले बताए।
धेरै मानिससँग भेटघाट गरेको पाइएकोले हाल दुई शिक्षकमध्ये एक जना टेकुको प्रयोगशालामा उपचाररत छन् भने एकजना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन्। अब कन्ट्याक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।