काठमाडौं-सरकारले सञ्चालनमा रहेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको बिस्तार तथा स्तरोन्नतिलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकास र स्तरोन्नतिका लागि ४ अर्ब १३ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको हो।
प्राधिकरणले विमानस्थलको धावनमार्गको उत्तरतर्फ एप्रोन तथा प्यारालल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ९१ करोड २३ लाख बजेट विनियोजन गरेको छ। साथै विमानस्थलको धावनमार्गको दक्षिणतर्फ प्यारालल ट्याक्सी वे निर्माणका लागि १ अर्ब ४६ करोड १ लाख र टर्मिनल भवन विस्तार तथा स्तरोन्नतिका लागि ४० करोड विनियोजन गरिएको छ।
यसैगरी, प्राधिकरणले विमानस्थलमा बुटिक एयरपोर्टको अवधारणाअनुसार बाँकी काम पूरा गर्नका लागि २८ करोड बजेट विनियोजन गरेको छ।
यस्तै, प्राधिकरणले विमानस्थलको रिमोट पार्किङ वेमा लाइट जडानका लागि ३ करोड र ब्यागेज ह्यान्डलिङ स्टिम जडानका लागि ५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।