काठमाडौं– काठमाडाैं महानगरपालिकाकाे वडा नम्बर ५ अन्तर्गत गहनापोखरी आसपासका क्षेत्र सिल गरिएको छ।
घर भाडामा बस्दै आएका एक प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि उनी बस्ने घरका घरबेटीको समेत परीक्षण गरिएको थियो।
घरबेटीमा पनि कोरोना संक्रमण देखिएपछि गहनापोखरी आसपासका क्षेत्र सिल गरिएको हाे। संक्रमण देखिएको स्थानमा भित्रि गल्लीमा आवातजावतमा समेत रोक लागेको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।