काठमाडौं- मनसुनी न्यून चापीय रेखा नेपालतिर सरेपछि शनिबार बेलुकादेखि केही दिन भारी वर्षाको सम्भावना रहेको छ। नेपालको तराई क्षेत्रतिर न्यून चापीय रेखा सरेकाले बेलुकादेखि देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएकाे छ।
शनिबारदेखि देशैभर बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन्। ‘न्यून चापीय रेखा तराई क्षेत्रमा सरेको छ। शनिबार बेलुकादेखि देशैभर बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् कँडेलले भनिन्, ‘भारी वर्षा भएपनि दिनभरी हुदैन २-३ घण्टा पर्ने फेरि रोकिने हुन्छ। यसअघिको जस्तो दिनभरी जसो वर्षा हुँदैन।’
प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। यस्तै शनिबार राति देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
आइतबार दिउँसो देशभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
आइतबार राति देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावाना छ। प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानान भारी वर्षाको सम्भावना छ।
सोमबार दिउँसो देशभर सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सोमबार राति देशका अधिकांश भू-भागमा सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै बागमती प्रदेशका एक-दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।